दाङमा बस दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

दाङमा बस दुर्घटना : २ जनाको मृत्यु, २ घाइते

लमही : दाङमा बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। पूर्व-पश्चिम राजमार्गअन्तर्गत अमिलिया रिहार सडकखण्डको लमही नगरपालिका -९ रिहार नजिकै राति ११ बजे बर्दियाबाट काठमाडौं जाँदै गरेको प्रदेश ३-०१००५ ख ९७१९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हो । 

दुर्घटनामा परि गेरुवा गाउँपालिका-१ निवासी ३६ वर्षीय भीमनाथ योगी र युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय, अमिलियाका प्रहरी निरीक्षक लालबहादुर श्रेष्ठले जानकारी दिए। बसमा ४७ जना सवार थिए। जसमध्ये २ जना घाइते भएको र अन्य यात्रु सकुशल रहेको प्रहरीले जनाएको छ। बस चालक सामान्य घाइते भएको र उनको कोहलपुरमा उपचार भइरहेको छ।

मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ। बसको पत्ता भाँचिएर दुर्घटना भएको प्रहरीले जनाएको छ। केही दिन अगाडि नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रु बस दाङको भालुवाङ राप्ती पुलबाट खस्दा १२ जनाको ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.