नियमविपरीत निकुञ्‍जबाटै ग्राभेल निकासा, सेटिङमा प्लटिङ

नियमविपरीत निकुञ्‍जबाटै ग्राभेल निकासा, सेटिङमा प्लटिङ
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्तीबाट ग्राभेल निकासी गरेर बनाइएको घडेरी । तस्बिर : अनिल ढकाल
सुन्नुहोस्

चितवन : मध्यवर्ती क्षेत्रका उपभोक्ता र विकास निमार्णका लागि दिइने सुविधालाई दुरुपयोग गरेर मेघौलीमा घडेरी बनाइएको छ। चितवन राष्ट्रिय निकुञ्जका मेघौली उपभोक्ता समूहअन्तर्गत सदावहार सामुदायिक वनको घाटबाट राप्ती नदीबाट नदीजन्य पदार्थ उत्खनन् गरेर भरतपुर महानगरपालिका २७ स्थित व्यवसायिक बिक्रीका लागि बनाइएका घडेरी पुरिएका छन्। 

सार्वजनिक जग्गा हडपेर घडेरी जाने बाटो बनाइएको छ। मेघौली मध्यवर्ती उपभोक्ता समितिको सिफारिसको आधारमा चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको सदावहार मध्यवर्ती सामुदायिक वनबाट ढुंगा ,गिटी , बालुवा निकासी गरेर प्लटिङ गरिएको हो।

‘हाम्रै वनभित्र बाटो बनाउन गिटी माग्दा पाइँदैन। तर, यहाँ निकुञ्जकै अनुमति लिएर व्यक्तिको घडेरी पुरिएको छ। राधाकृष्ण मध्यवर्तीका सदस्य कष्ण बहादुर परियारले भने, ‘यहाँ  सेटिङ गरेर ऐलानी जग्गा हडपेर बाटो बनाएर व्यक्तिको घडेरी पुरिएको छ। यसमा हामीले सम्बन्धित निकायको उजुरी गराउँदा पनि वास्ता गरिएन।’

व्यवसायिक बिक्रीका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन ऐनअनुसार मध्यवर्ती उपभोक्ताको घर, गोठ, टहरा र विकास निमार्णको काममा दिन सकिने व्यवस्था छ। उक्त सुविधाको दुरुपयोग गरेर उपभोक्ता र स्थानीयले थाहा नपाउनेगरी सुटुक्क निकासी गरिएको हो। 

सेफिना मास्केको नाममा रहेको ५० कट्ठा १० धुर जग्गालाई घडेरीस्वरुप ७० वटा कित्ताकाट गरिएको छ। चितवन राष्ट्रिय निकुञ्जको अनुमति लिएर २४० घनमिटर ग्राभेल निकासी गरेर घडेरी पुरिएको हो। नियम मिचेर निकुञ्जबाट ग्राभेल निकासा गरेर दुरुपयोग भएको भन्दै स्थानीयले छानविनको माग गरेका छन्।

भूउपयोग ऐन २०७६ विपरित कित्ता काट गरेर घडेरीको कित्ताकाट गरिएको भनी उनीहरूले जिल्ला प्रशासन कार्यालय र भरतपुर महानगरपालिकामा उजुरी दिएका छन्। सदाबहार वनबाट निकासा भएको ग्राभेल राधाकृष्ण वनको बाटो हुँदै निकासा भएको हो। तर राधाकृष्ण वनका अध्यक्ष वेदनिधि सुवेदी नै बेखबर छन्। ‘हाम्रै वनसँग जोडिएको ऐलानी जग्गा मिचेर बाटो बनाइएको छ। हामीलाई नै थाहै नदिएर निकासा गरिएको छ,’ सुवेदीले भने। 

होलिडे होमस्टे बनाउने नाममा घडेरी प्लटिङ र प्लटिङमा जाने बाटो बनाइएको छ। बस्ती र बाटो निकासी नभएको घडेरी राधाकृष्ण मध्यवर्ती सामुदायिक वनसँग जोडिएको जग्गालाई हडपेर बाटो समेत निकासी गरिएको छ। राधाकृष्ण वनका निवर्तमान अध्यक्ष डिबी आलेमगरले निकुञ्जको मुख्यालय कसराबाट अनुमति ल्याएर ग्राभेल झिकेको बताए।

'विकास निमार्णको नाममा अनुमित देखाएर कानुन मिचेर व्यक्तिको घडेरी प्लटिङ गरेको देखिन्छ,’ उनले भने, ‘अनुमति पत्र हेर्दा कानुन विपरीत छ। संरक्षणको नाममा जे पायो त्यही गर्न त पाइएन नि।’

चितवन राष्ट्रिय निकुञ्जका मेघौली सेक्टरका रेञ्जर रमेश बस्नेतले घर बनाउने प्रयोजनको लागि ग्राभेल माग भएको कारण निकासा भएको बताए। ‘जग्गा किनेर घर बनाउँछु भनेर माग गरेपछि दिइएको हो,’ बस्नेतले भने, ‘वडा र मध्यवर्तीले सिफारिस गरेको कारण स्थानीयरूपमा दिइने सुविधा दिइएको हो। ’

मेघौली मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मायाराम चौधरीले मिलेमतोमा सिफारिस गरेको आरोप लगाएका छन्। चौधरीले निकुञ्जलाई पत्र लेखेर विकास निमार्णको कारण देखाँउदै नदीजन्य पदार्थ निकासीका लागि सिफारिस गरेका थिए। सोही सिफारिसको आधारमा गत मंसिर २२ गतेदेखि तीनसम्म हजार घनमिटरको ८० टिप ट्याक्टर टिट्टी, बालुवा निकासी गरेर कल्वर्ट र बाटो निमार्ण गरिएको छ। यस विषयमा जिज्ञासा राख्दा मेघौली मध्यवर्ति उपभोक्ता समितिका अध्यक्ष महतो आक्रोशित भए। उनले प्रक्यारि पुर्‍याएर निकासी गरेको भन्दै थप कुरा गर्न मानेनन्।  ‘बाटोमा गिट्टी हाल्दा पनि विरोध हुन्छ विकासै नगर्ने त?,’ चौधरीले झर्किदै भने, ‘जानुस् कसरा गएर बुझ्नुस्।’

निकुञ्जका सूचना अधिकारी गणेश तिवारीले घटनाबारे अनुसन्धान गर्ने बताए। ‘मध्यवर्ती उपभोक्ता, वडाको सिफारिस आएपछि नियमानुसार उपभोक्ता र स्थानीय विकास निमार्णको लागि दिइने हो,’ उनले भने, ‘दुरुपयोगको उजुरी परेपछि अनुसनधान गर्दैछौं।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.