राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि आर्दश माविलाई

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि आर्दश माविलाई
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

तानसेन : पाल्पाको रिब्दीकोट गाउँपालिकामा सञ्चालन भएको ५ औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि वडा न २ को आर्दश माध्यमिक विद्यालयले हात पारेका छ । आर्दश माविले  १९ वटा पदकसहित उपाधि हात पारेको हो ।  आर्दश माविले १० वटा स्वर्ण, ५ रजत र ४ कास्य पदक हाँसिल प्रथम भएको हो ।  

प्रतियोगितामा वडा न ८ को ताल्तुङ्ग माध्यमिक विद्यालय द्वितीय भएको छ ।  ताल्तुङ्गले  ५ स्वर्ण,२ रजत र १ कास्य  पदक  जित हाँसिल गरेको छ । प्रतियोगितामा तृतीयमा वडा न १ को सारदा माध्यमिक विद्यालय ख्याहा विजयी भएको छ । विद्यालयले ४ स्वर्ण,३ रजत र ३ कास्य पदक हाँसिल गरेको प्रमुख प्रशासकीय अधिकृत मदन अर्यालले बताए । 

प्रतियोगितामा प्रथम भएको आर्दश माध्यमिक विद्यालयले लगातार ३ वर्ष पालिका स्तरीय राष्ट्रपति रनिङ्ग सिल्डको उपाधिमा विजयी हाँसिल गरेकाले विद्यालयले राष्ट्रिपति रनिङ्ग सिल्ड प्राप्त गरेका छ । प्रतियोगितामा प्रथमलाई १५ हजार रुपैयाँ ,द्वितीय लाई १२ हजार र तृतीयलाई ९ हजार रुपैयाँ सिल्ड, मेडल र प्रमाणपत्रसँगै उत्कृष्ट भएका खेलाडीलाई  गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले पुरस्कार वितरण गरे ।

 
प्रतियोगितामा  छात्रातर्फ नारायण माध्यमिक विद्यालयका छात्रा बिनिता बगाले र ताल्तुङ्ग माध्यमिक विद्यालयका दिलमाया बगाले वेस्ट प्लेयर भएका छन् । वेस्ट लिफ्टरमा ताल्तुङ्ग माध्यमिक विद्यालयकै पुष्पा बगाले,उदयमान खेलाडीमा भवानी माध्यमिक विद्यालयका दिपिका राना,वेस्ट सटरमा ज्ञानमाला माध्यमिक विद्यालयका बिना लम्तरी छनौट भएको पालिकाका शिक्षा शाखा प्रमुख मणि प्रसाद खनालले बताए । 

प्रतियोगितामा  छात्रतर्फ उदमान खेलाडीमा सरस्वती माविका अंकित छहरी,वेस्ट डिफेन्डरमा ताल्तुङ्ग माध्यमिक विद्यालयका चन्द्र छहरी,वेस्ट लिफ्टरमा कालिका माविका दिपक लम्तरी,वेस्ट सटरमा भाष्कर माविका शोरभ राना,वेस्ट व्लकरमा कालिका माध्यमिक विद्यालयका दिलिप जंग छहरी र वेस्ट प्लेयरमा कालिका माध्यमिक विद्यालयका सुरज परियार विजयी भए ।

पालिकाले वडा न २ मा कौवल खेल मैदान निर्माण गरि प्रदेशस्तरको खेल गराउने गरि करिब १ करोडमा खेल मैदान निर्माणको कार्य भइरहेको छ।

राष्ट्रपति रनिङ्ग सिल्डका लागि पालिकाका १४ वटा माध्यमिक विद्यालयहरूको सहभागीमा २९ विधामा खेल खेलाइएको थियो ।  ३ दिनसम्म भएको प्रतियोगितामा पालिकाका ८ वटै वडाका जनप्रतिनिधि,विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी तथा सर्वसाधारणको  सहभागीता रहेको थियो  ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.