रोहित पौडेलले बनाए अर्धसतक
काठमाडौं : कप्तान रोहित पौडेलले वेस्ट इन्डिज एविरुद्ध अर्धसतक प्रहार गरेका छन्। उनले २७ बलमा ६ चौका र २ छक्का प्रहार गर्दै ५१ रन बनाएका हुन्।
११ ओभरको समाप्तिमा नेपालले ३ विकेटको क्षतिमा९६ रन बनाएर खेलिरहेको छ। नेपालका ओपनरद्वय अनिल शाहले ५ रन र कुशल भुर्तेलले १६ रन र कुशल मल्लले १६ रन बनाएर आउट भएका थिए।