कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी

कर्णालीमा गठबन्धनका तीनै उम्मेदवार विजयी
सुन्नुहोस्

सुर्खेत : कर्णालीमा राष्ट्रियसभाको सदस्यका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका तीनै जना उम्मेदवार विजयी भएका छन्। बिहीबार सम्पन्न निर्वाचनमा एमालेका उम्मेदवारलाई पराजित गर्दै सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन्।

सत्ता गठबन्धनमा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका रुकुमपश्चिमका कृष्णबहादुर रोकाया, नेकपा माओवादी केन्द्रको तर्फबाट कालीकोटका विष्णु विक र नेकपा एकीकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेकी दैलेखकी सावित्री मल्ल विजयी भएका हुन्। कर्णालीमा तीन सिटका लागि निर्वाचन भएको हो। यो निर्वाचनमा सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच १-१ सिटमा उम्मेदवारी दिएका थिए। 

कर्णाली प्रदेश निर्वाचन कार्यालयका अनुसार महिलातर्फ नेकपा एकीकृत समाजवादीका सावित्री मल्लले ३ हजार ७२२ मतभार प्राप्त गरी विजयी भएकी छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका विमलाकुमारी शाहीले १ हजार ३६२ मतभार प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिएको छ। त्यस्तै दलिततर्फ नेकपा माओवादीका विष्णु विकले ३ हजार ८१७ मत ल्याएर विजयी भएका छन्। उनका प्रतिस्पर्धी एमालेका हिक्मत विकले भने १ हजार २६७ मत प्राप्त गरे। अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकायाले नेकपा एमालेका डिल्लीप्रसाद भट्टलाई पराजित गरेका छन्। रोकायाले ३ हजार ८७० मत भार ल्याएर विजयी भए। उनका प्रतिस्पर्धी एमालेका भट्टले १ हजार २१४ मतभार प्राप्त गरेका छन्।

निर्वाचन कार्यालयका अनुसार ७९ स्थानीय तह रहेको कर्णालीमा स्थानीय तहतर्फ २५ नगरपालिका र ५४ गाउँपालिकाका प्रमुख र उप्रमुख गरी १५८ जना मतदाता छन्। जसमध्ये महाबु गाउँपालिका दैलेखका प्रमुख लक्ष्मण गुरुङ्ग र नलगाड नगरपालिका जाजरकोटकी उपप्रमुख सरिता सिंहको मृत्यु भएपछि १५६ जनाले मतदाता कायम भएका थिए। 

त्यस्तै कर्णालीमा प्रदेशसभातर्फ ४० जना सदस्य छन्। जसको मतभार २ हजार १२० मतभार हुन आउँछ। स्थानीय तह र प्रदेशसभा सदस्यको गरी कर्णालीमा जम्मा ५ हजार ८४ मतभार हुन आउँछ। प्रदेश सभाका सदस्यको प्रति मतदाता मतभार ५३ र गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुखको प्रति मतदाता मतभार १९ रहेको छ। 

राष्ट्रियसभा निर्वाचनका लागि कर्णालीमा ६ जनाको उम्मेदवारी दर्ता भएको थियो। सत्तारुढ गठबन्धन र नेकपा एमालेका गरी ६ जनाको उम्मेदवारी दर्ता भएको थियो। कर्णालीमा अन्य, दलित र महिला कलस्टर गरी ३ पदका लागि निर्वाचन भएको हो। निर्वाचित भएका रोकाया कांग्रेस कर्णाली प्रदेश समितिका महामन्त्री हुन्। यस्तै बिक माओवादी कालिकोटका नेता हुन् भने मल्ल दैलेखको नारायण नगरपालिकाका पूर्वउप्रमुख हुन्। कर्णालीमा ६ वर्षअघि राष्ट्रियसभा सदस्यमा निर्वाचित भैरवसुन्दर श्रेष्ठ, नरपति लुवार र नन्दा चपाईंको कार्यकाल सकिन लागेकाले खाली हुन लागेको उक्त ३ सीटमा निर्वाचन भएको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.