नवलपरासीमा ६ महिनामा दुईजना बालकसहित २९ जना लागुऔषध कारोबारी पक्राउ

नवलपरासीमा ६ महिनामा दुईजना बालकसहित २९ जना लागुऔषध कारोबारी पक्राउ
सुन्नुहोस्

परासी : जिल्लामा लागुऔषध कारोबार नियन्त्रण गर्न नवलपरासी प्रहरीले लागुऔषध कारोबारी र सेवन गर्नेलाई धमाधम पक्राउ गर्न थालिएको  छ। चालु आर्थिक वर्ष ८०/८१ को साउनदेखि हालसम्म प्रहरीले जिल्लाका विभिन्न ठाउँबाट २९ जनालाई पक्राउ गरेको छ । 

त्यस अवधिमा लागुऔषधका १८ वटा मुद्दा दर्ता गरेर कानुनी प्रकृया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी डीएसपी रेशम बोहराले जानकारी दिए । पक्राउ पर्नेमा नवलपरासीलगायत चितवन,रुपन्देही र भारतीय नागरिक समेत छन् । पक्राउ परेका अधिकांश कारोबारीहरू रहेको डीएसपी बोहराले बताए । 

बेचबिचखनका लैजादै गरेको अवस्थामा उनीहरु लागूऔषधसहित पक्राउ परेका हुन् । कारोबारीहरूले लागुऔषध पुर्‍याउनका लागि बालकलाई समेत प्रयोग गर्ने गरेको पाइएको छ । पक्राउ परेका २९ जनामध्ये २ जना बालक छन् । 

अन्यमा  २० जना पुरुष, २ जना महिला र ५ जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूसँग बरामद भएका लागुऔषधमा गाँजादेखि खैरो हेरोइनसमेत छन् । त्यसैगरी ६ महिनाको अवधिमा बरामद भएका अन्य लागुऔषधमा विभिन्न नाम गरेका ८ हजार बढी ट्याव्लेट र २१ सय एम्पुल लागुऔषध छन् । अन्य सिरफ लागुऔषधसमेत छन् । जिल्लाको महेशपुर, भूजहवा, झोलनीपुर, गेर्मीलगायतका नाकालाई लागुऔषधको ट्रान्जिट प्वाइन्टका रुपमा रहेका छन् । 

ति नाकाहरुबाट कारोबारीहरुले मोटरसाइकल र साइकल  प्रयोग गरी शरीरका विभिन्न भाग तथा झोलामा राखेर लागुऔषध ल्याउने गरेको पाइएको छ । पछिल्लो समय नयाँ अनुहारका व्यक्तिमाथि प्रहरीले निगरानी बढाएपछि उनीहरुले सीमा क्षेत्रका युवाहरुलाई प्रयोग गर्ने गरेको बताइएको छ । 

सीमा क्षेत्रबाट स्थानीय युवाहरुमार्फत मगाएर कारोबारीहरुले बुटवल,नारायणगढ,काठमाडौं,पोखरालगायतका सहरमा पुर्‍याउने गरेको बताइएको छ । त्यस्तै केही कारोबारीहरूले  लागुऔषधलाई जिल्लाका विभिन्न ठाउँमा रहेका व्यक्तिलाई विक्री गर्ने गरेका छन् । 

ति व्यक्तिसँगबाट घरमै पुगेर सेवनकर्ताहरूले खरिद गर्ने गरेको समेत पाइएको छ । प्रहरीले लागुऔषध नियन्त्रणका लागि प्रयास गरे पनि लुकिछिपी बेचबिखन र ओसारपसारमा भने सोचेअनुरुप कमी आउन सकेको छैन । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.