तातोपानी मेलामा ‘रक क्लाइम्बिङको क्रेज’

तातोपानी मेलामा ‘रक क्लाइम्बिङको क्रेज’
रक क्लाइम्बिङका लागि तयारी गर्दै खेलाडीहरु । तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

गोरखा : धार्चे ३ खोर्लावेशीमा आयोजित ऐतिहासिक तातोपानी मेलामा रक क्लाइम्बिङको लोकप्रियता बढिरहेको छ । गत सोमबारदेखि सुरु भएको मेलामा २३ जनाले रक क्लाइम्बिङ गरिसकेका आयोजक धार्चे गाउँपालिकाले जनाएको छ । 

सोमबार १३ जनाले र मंगलबार १४ जनाले रक क्लाइम्बिङ गरेका गाउँपालिका कार्यालयका राज गुरुङले जानकारी दिए ।  तातोपानी क्षेत्र संरक्षण तथा संवद्र्धन विकास केन्द्रद्वारा आयोजित मेलामा रक क्लाइम्बिङ भने गाउँपालिकाले आयोजना गरेको हो । मेला तथा रक क्लाइम्बिङको गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिँखडाले उद्घाटन गरेकी थिइन् ।

ऐतिहासिक तातोपानी मेलामा बिगत चार वर्षदेखि गाउँपालिका कार्यालयले रक क्लाइम्बिङ पनि गर्ने गरेको छ । रक क्लाइम्बिङ कार्यक्रमको नेतृत्व राष्ट्रिय खेलकुद परिषद अन्तर्गतको नेपाल आरोहण खेल संघका उपाध्यक्ष तथा नेपालका प्रथम अन्तर्राष्ट्रिय पर्वतारोहण पथप्रदर्शक सुनारबहादुर गुरुङले गरिरहेका छन् ।

केन्द्रका संस्थापक सदस्य धनबहादुर सुनारको सभापतित्वमा आयोजित कार्यक्रममा प्रमुख अतिथि मन्त्री सिँखडा, विशेष अतिथि जिल्ला समन्वय समितिका सभापति मोहन थापा, धार्चे गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङ, उपाध्यक्ष सुनिला गुरुङ, चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामा, धार्चे ३ का वडा अध्यक्ष शेरबहादुर गुरुङ, तातोपानी क्षेत्र संरक्षण तथा संवद्र्धन विकास केन्द्रका अध्यक्ष इन्द्रप्रसाद गुरुङ, उत्तरी गोरखा तमु समाज(फुङ)का अध्यक्ष इमानसिङ गुरुङ, गोरखा अस्पताल सञ्चालक समितिका अध्यक्ष लालप्रसाद श्रेष्ठलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।

सो अवसरमा मन्त्री सिँखडाले टेकबहादुर गुरुङद्वारा लिखित ‘प्राकृतिक बोन धर्मग्रन्थ’ पुस्तकको विमोचन पनि गरेकी थिइन् ।
मेलामा ७० वटा स्टलहरु रहेका छन् । मेलामा उत्तरी गोरखामा उत्पादन हुने खाद्यबाली तथा चोयाबाट, भेँडाको रौँबाट बन्ने विभिन्न सामग्रीहरु बिक्री वितरण भइरहेको मेला आयोजक मूल समितिका संयोजक मीनबहादुर सुनारले जानकारी दिए ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.