गण्डकीले बनायो सवारी तथा यातायात नियमावली

गण्डकीले बनायो सवारी तथा यातायात नियमावली
सुन्नुहोस्

बेनी : गण्डकी प्रदेश सरकारले सार्वजनिक सेवाको सुधारका लागि बनाएको ऐन कार्यान्वयन गर्न नियमवली बनाएको छ। गण्डकी प्रदेशको सवारी तथा यातायात नियमावली, २०८० बनेसँगै २०७६ सालमा जारी भएको ऐन कार्यान्वयन भएको हो। 

सार्वजनिक यातायात सेवालाई प्रविधिमैत्री र समयअनुकूल बनाउन नियमावली महत्वपूर्ण आधार बन्ने भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीले बताए। ‘राजस्वको स्रोत बढाउन, सेवा प्रवाहलाई छिटोछरितो र सार्वजनिक यातायातलाई व्यवस्थित बनाउन नियमावली सहयोगी बन्नेछ,’ उनले भने, ‘यो नियमावली गण्डकीको यातायात क्षेत्र सुधारका लागि कोसेढुंगा सावित हुने छ।’ गत पुस २६ गतेको मन्त्रिपरिषद् बैठकले पारित गरेको नियमावली मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले बिहीबार राजपत्रमा प्रकाशन गरेको छ। १०३ नियम र १३ परिच्छेद भएको नियमावलीमा ३२ अनुसूची रहेका मन्त्रालयका कानुन अधिकृत जितबहादुर बस्यालले बताए। 

 प्रदेशभर रुट इजाजत 

सर्वाजनिक सवारीलाई सम्बन्धित सवारीधनी वा व्यवसायी कम्पनीको मागबमोजिम प्रदेशभित्रको मार्ग इजाजत (रुट परमिट) दिइने नियमावलीमा व्यवस्था गरिएको छ। पछिल्लो पाँच वर्षयता गण्डकी प्रदेशमा सञ्चालन हुने जिप र ट्याक्सीमा दुई जिल्ले परमिट लागू गरिएको थियो। सम्बन्धित सार्वजनिक सवारीधनी वा व्यवसायी कम्पनीको मागबमोजिम प्रदेशभर, बहुजिल्ला, एक जिल्ला, निश्चित पालिका वा क्षेत्र तोकी मार्ग इजाजतपत्र जारी गर्न लागिएको हो। एकै ठाउँमा मात्र व्यवसायीहरूलाई केन्द्रित हुन नदिनका लागि मापदण्ड बनाइने भएको छ।  निजी गाडीको पनि आयु तोकियो  । नियमावलीमा नेपालमै पहिलोपटक निजी सवारी साधनको पनि २५ वर्ष आयु तोकिएको मन्त्रालयका प्रवक्ता टीकाराम पौडेलले बताए।  

राइड सेयरीङलाई बैधानिकता दिने बाटो 

निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपांग्रे तथा दुईपांग्रे सवारीले ‘राइड सेयरिङ’ एपमार्फत दिने यातायात सेवालाई नियमन गर्ने र बैधानिक बनाउन कानुनी बाटो नियमावलीले खुलाएको छ। 

नियमावलीको दफा १३ मा उल्लेख भएको निजी प्रयोजनका लागि दर्ता प्रमाणपत्र प्राप्त चारपाङग्रे तथा दुईपाङग्रे सवारीले तोकिएको प्रक्रिया पूरा गरी तोकिएको भाडा लिई यात्रु बिमा गरेर यात्रु बोक्न पाउने व्यवस्था कार्यान्वयनका लागि मापदण्ड बनाउने तयारी गरेको प्रवक्ता पौडेलले बताए।  नेपालमा पठाओ, टुटल, इनड्राइभ, सहारा, सजिलोलगायत राइड सेयरिङ एप सञ्चालनमा आएका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.