पाल्पाको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेनलाई

पाल्पाको पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेनलाई
तस्बिर : अन्नपूर्ण

तानसेन : पाल्पामा सञ्चालित पाँचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तानसेन नगरपालिकाले हात पारेको छ । तानसेनले लगातार पाँचौं पटक उपाधि हात पारेको हो । प्रतियोगितामा २५ स्वर्ण, १० रजत र १९ काश्य पदकसहित तानसेन नगरपालिका प्रथम भएको हो  । 

१० स्वर्ण, ६ रजत र ४ काश्यसहित पूर्वखोला गाउँपालिका दोस्रो भयो । ८ स्वर्ण, ११ रजत र ११ काश्य पदक विजेता  रामपुर नगरपालिका तेस्रो भएको छ । ३ स्वर्ण, ८ रजत र ११ काश्य पदक जिती बगनासकाली गाउँपालिका चौथो भएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिपक घिमिरेले बताए । 

यसैगरी ३ स्वर्ण, २ रजत र ८ काश्य पदक माथागढी गाउँपालिका पाँचौं, २ स्वर्ण, ४ रजत र ३ काश्यसहित रम्भा गाउँपालिका छैठौं,२ स्वर्ण, १ रजत र २ काश्य पदक जितेको रिब्दीकोट गाउँपालिका सातौं,  १ स्वर्ण र ३ काश्य पदकसहित निस्दी गाउँपालिका आठौं,९ रजत र ९ काश्य पदकसहित तिनाउ गाउँपालिका नवौं र १ रजत र १ काश्य पदक जिती रैनादेवी छहरा दशौं भएको छ । 

प्रतियोगितामा पाल्पाका १० स्थानीय तहमध्ये तिनाउ गाउँपालिका र रैनादेवी छहराले कुनैपनि विधामा स्वर्ण पदक प्राप्त गर्न नसकेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष  घिमिरेले बताए ।

विजयी खेलाडीहरू लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगर (वसन्त), प्रदेशसभा सदस्य वीर बहादुर राना, जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनाल, माथागढी गाउँपालिकाका अध्यक्ष यम बहादुर चिदी, तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले लगायतले  रनिङ शिल्डसहित विभिन्न विधाका पुरस्कार र सम्मान वितरण गरेका थिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.