चिस्यान गृह अलपत्र, समस्यामा किसान

चिस्यान गृह अलपत्र, समस्यामा किसान
सुन्नुहोस्

किसानले उत्पादन गरेका कृषिजन्य वस्तुको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्न शीत भण्डार निर्माण थालिएको हो ।

बाजुरा : जिल्ला सदरमुकाम मार्तडीमा निर्माणाधीन चिस्यान गृह अलपत्र अवस्थामा रहेको छ। चिस्यान गृह अलपत्रले किसान समस्यामा परेका छन्। 

चिस्यान गृहको काम अलपत्र परेपछि किसान तथा किसान समूहले उत्पादन गरेका तरकारी, बीउ, फलफूललगायतका कृषिजन्य वस्तु भण्डारण गर्न नपाउँदा समस्या परेको स्थानीय किसान डबल रोकायाले बताए।

मौसमअनुसार उत्पादन गरेका कृषिजन्य वस्तुलाई बेमौसमी समयमा बिक्री वितरण गर्न र बजारमा बिक्री हुन नसकेका तरकारी तथा फलफूललाई भण्डारण गर्ने चिस्यान गृहको अभावमा तरकारी तथा फलफूल कुहिएर खेर जाने गरेको रोकायाले बताए।  

जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख मीनप्रसाद जैशीले किसानले उत्पादन गरेका कृषिजन्य वस्तुहरूको सुरक्षा र मूल्यमा स्थिरता कायम गर्ने अवधारणा अनुरूप शीत भण्डार केन्द्र निर्माण सुरु भएको बताए। शीत भण्डारको निर्माण पूरा नहुँदा उत्पादन गरेको तरकारी तथा फलफूल कुहिएर जाने गरेको बताए।

चिस्यान केन्द्र समयमै सञ्चालनमा नआउँदा यहाँका उपभोक्ताले अन्य जिल्लाबाट आयात गरिएको तरकारी तथा फलफूल चर्को मूल्यमा किन्नुपर्ने र किसानले उत्पादन गरेको तरकारी सस्तोमा बेच्नुपर्ने बाध्यता रहको छ। प्रमुख जैशीका अनुसार अहिले कृषि ज्ञान केन्द्रले किसानको बारीबाटै सुन्तला ढुवानी अनुदानमा सहयोग गरेको छ। चिस्यान गृह सञ्चालन भएको भए तीन महिनापछि किसानले राम्रो मूल्यमा बिक्री गरेर आम्दानी गर्न सक्थ्ये। चिस्यान गृह नहुँदा सस्तो मूल्यमा बिक्री गर्नु परेको बताए। अहिले प्रतिकिलो एक सयमा बिक्री भएको सुन्तला तीन महिनापछि दुई सय रुपैयाँ बढीमा बिक्री हुन्छ। 

कृषि निर्देशनालय दिपायलका कृषि इन्जिनियर कोषराज बडूका अनुसार २०७८ वैशाखमा ठेक्का सम्झौता भएर सोही आर्थिक वर्षको असार मसान्तसम्ममा सक्ने गरी एसएच कन्स्ट्रक्सनले कामको ठेक्का सम्झौता गरेको थियो।  कुल  ५६ लाख ४९ हजारमा ठेक्का आह्वान भएकोमा जिम्मा पाएको कम्पनीले ४१ लाख ९६ हजार रुपैयाँमा सम्झौता भएको बताए। उक्त कोल्ड च्याम्मर निर्माण बजेटको अभावका कारण अलपत्र परेपछि सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद्बाट बजेट थप गर्ने निर्णय भएपछि अबलगत्तै काम सुरु हुने कृषि निर्देशनालय डोटीका कृषि इन्जिनियर कोषराज बडूले बताए। २०८१ को वैशाख महिनासम्म मात्रै उक्त कोल्ड च्याम्मर निर्माणको म्याद रहेकाले तत्काल काम पूरा गर्न ठेकेदारलाई निर्देशन दिइसकेको कृषि इन्जिनियर बडूले बताए। उक्त कोल्ड च्याम्मर निर्माण कार्यको बाँकी सामान दिल्लीबाट कैलाली भन्सारसम्म आइसकेकाले चाँडै काम पूरा हुने उनले बताए।

बाजुरामै २० टन क्षमता भएको कोल्ड च्याम्मर बनेपछि बाजुरामा उत्पादन हुने आलु, बन्दालगायतका तरकारी तथा स्याउलगायतका तरकारी भण्डारण गर्न सहयोग पुग्ने ज्ञान केन्द्र बाजुराले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.