जुम्लाले जित्यो फुटबलको उपाधि

जुम्लाले जित्यो फुटबलको उपाधि
उपाधि हात पार्न सफल जुम्लाका खेलाडीहरू।

सुर्खेत : कर्णाली प्रदेश स्तरीय फुटबल प्रतियोगिताको उपाधि जुम्लाले जितेको छ। जुम्लाको सदरमुकाम खलंगामा सम्पन्न प्रतियोगितामा हुम्लालाई हराउँदै जुम्लाले उपाधि हात पारेको हो। शुक्रबार भएको फाइनल खेलमा शून्यकाविरुद्ध ४ गोलको फराकिलो अन्तरले हराउँदै जुम्ला विजयी भएको हो। 

फाइनल खेलमा जितका लागि जुम्लाका खेलाडी रुवेन भण्डारीले ह्याट्रिक गरे। त्यस्तै खेलको दोस्रो हाफमा अर्का खेलाडी महेन्द्र शाहीले पेनाल्टीमार्फत १ गोल थपेका थिए। हुम्लाले भने खेलको अवधिभर गोल गर्ने अवसर पाएपनि गोल फर्काउन सकेन। आयोजक जुम्ला फुटवल संघका महासचिव दिपेन्द्र हमालले विजेता जुम्लाको फुटबल टिमका खेलाडीलाई टफ्री, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको बताए। त्यस्तै प्रतियोगितामा उपविजेता बनेको हुम्लाका खेलाडीलाई पनि मेडल र प्रमाणपत्र प्रदान गरिएको छ।

यो प्रतियोगितामा कर्णाली प्रदेशका १० जिल्लामध्ये ६ जिल्लाले मात्र सहभागिता जनाएका थिए। प्रतियोगितामा जुम्ला, हुम्ला, सुर्खेत, कालीकोट, जाजरकोट र मुगु जिल्लाका टीम सहभागि थिए। यही फागुन १५ गते उद्घाटन भएको प्रतियोगिताका खेलहरु मौसम प्रतिकुल बनेपछि १६ गतेबाट मात्रै संचालन भएका थिए। प्रतियोगिता अन्तर्गत जाजरकोट र मुगु नकआउट चरणबाट बाहिरिएका थिए।

त्यस्तै सेमिफाइनलमा जुम्लासँग पराजित भएपछि सुर्खेत र हुम्लासँग पराजित भएपछि कालीकोट प्रतियोगिताबाट बाहिरिएका थिए। शुक्रबार हुम्ला र जुम्लाबीच उपाधिका लागि प्रतिस्पर्धा भएको थियो। 

आगामी मंसिरमा कर्णालीमा आयोजना हुने १०औं राष्ट्रिय खेलकुद प्रतियोगितालाई लक्षित गरी प्रदेश स्तरीय फुटबल प्रतियोगिताको आयोजना गरिएको हो। यो प्रतियोगितामा सहभागी खेलाडीहरूबाट छनोटका आधारमा प्रदेश स्तरीय फुटबल टिम बनाइने छ। छनोटमा परेका खेलाडीहरू १०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीस्वरुप बन्द प्रशिक्षणमा रहनेछन्। विजेता र उपविजेता टिमलाई कर्णाली प्रदेशसभा सदस्यसमेत रहेका पूर्वसामाजिक विकासमन्त्री टेकराज पछाई, प्रदेशसभा सदस्य देवन्द्रबहादुर शाही र प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतले प्रमाणपत्र, मेडल र टफ्री हस्तान्तरण गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.