श्रीमतीलाई गलत नजरले हेरेको भन्दै हत्या

श्रीमतीलाई गलत नजरले हेरेको भन्दै हत्या

काठमाडौं : तेह्रथुम छथरका गोपाल ढकाल गत फागुन ९ गते भक्तपुरबाट एकाएक गायब भए। उनी भक्तपुर सूर्यविनायकमा रहेको कोठाबाट तेल किन्न निस्किएका थिए। २ महिनाअघि वैदेशिक रोजगारबाट नेपाल फर्किएका ढकाल गायब भएपछि उनकी श्रीमतीले प्रहरी वृत जगातीमा फागुन १० गते निवेदन दिइन्। 

खोजतलास गर्दा उनी फागुन ११ मा सूर्यबिनायक नगरपालिका–८ स्थित सिपाडोलमा मृत भेटिए। रोधन बस्नेतको गोठमा शरीरभरी चोटैचोट लागेर मृत्यु भएको अवस्थामा उनलाई प्रहरीले फेला पारेको हो। हत्या गरिएको अवस्थामा ढकाल फेला परेपछि प्रहरी हत्या गर्ने व्यक्तिको खोजीमा लाग्यो।  

उपत्यका अपराध अनुसन्धान कार्यालयका इन्सपेक्टर निर्मल लामाका अनुसार यही फागुन १९ गते हत्या आरोपी सन्तोष सुवाल पक्राउ परेका छन्। प्रहरीले सुवाललाई काभ्रेको मण्डन देउपुर नगरपालिका–६ स्थित सिपाघाटबाट पक्राउ गरेको हो।  

प्रहरीका अनुसार सुवाल र ढकालबीच अलिअलि चिनजान थियो। चाँगुनारायाण-५ घर भएका सुवालले मोटरसाइकल ग्यारेजमा काम गर्छन्। गोपाल हराएको दिन सुवाल सँगै बसेर दुवैले मदिरा पिएका थिए। मदिरा सेवन गरेर दुवै जना सन्तोष सुवाल बस्ने सिपाडोल–८ स्थित रोशन बस्नेतको कच्ची गोठमा गएका थिए।

गोपालको फोनबाट सोही दिन राति सुवालले गोपालको श्रीमतीलाई फोन गरेका थिए। फोनमा उनले भने, ‘श्रीमान् चाहिए सूर्यबिनायक जंगलमा दुई लाख लिएर आउनू।’ यही फोनपछि गोपाल र सुवालबीच विवाद भएको थियो। प्रहरीको  प्रारम्भिक अनुसन्धानका क्रममा प्रहरीसँगको बयानमा सुवालले ढकालले आफ्नी श्रीमतीलाई गलत नजर हेरेकाले विवाद भएको बताएका छन्। आरोपीले ढकाललाई ढुंगा र इँटा प्रहार गरेर हत्या गरेको बताएका छन्। 

उनी २०७८ सालमा चोरी मुद्दामा पक्राउ परेका थिए। २०७५ सालमा पनि अभद्र व्यवहारमा प्रहरीले पक्राउ गरेको थियो। गोपालको हत्यापछि सुवाल भागेर परिवारसहित काभ्रे गएका थिए। प्रहरीले सुवाललाई मृतकको मोबाइलसहित पक्राउ गरेको छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.