फ्रेन्डसिप कप टी-ट्वान्टी क्रिकेट : डेब्यू खेलमा आकाश चन्दले लिए ३ विकेट

नेपालको फितलो बलिङ, हायातको शतकमा हङकङले दियो २१३ रनको लक्ष्य

नेपालको फितलो बलिङ, हायातको शतकमा हङकङले दियो २१३ रनको लक्ष्य
तस्बिर : क्यान

काठमाडौं : फ्रेन्डसिप कप टी-ट्वान्टी क्रिकेटमा हङकङले नेपाललाई २१३ रनको लक्ष्य दिएको छ। टस हारेर फिल्डिङको निम्तो पाएको घरेलु टोली हङकङले निर्धारित ओभरमा ६ विकेटको क्षतिमा २१२ रन बनाएको हो।

 
नेपालका लागि आकाश चन्दले ३ विकेट, राशिद खान, प्रतिश जिसी, आरिफ शेख १/१ विकेट लिएका हुन्। चन्दले आज टी ट्वान्टीमा डेव्यु गरेका हुन्।

नेपालका लागि चन्दबाहेक अन्य बलरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। शेख, खान र ढकालले प्रतिओभर १२ रनभन्दा बढी दिएका थिए।

हङकङका लागि बाबर हायातले शतक प्रहार गरेका छन्। हङकङका लागि हायातले ४९ बलमा ११० रन, अन्शुरथ रथले ३९ रन, ओपनर मार्टिन कोएट्जीको ३१ रनको योगदान गरे। आजियाज खानले २१ रन बनाएर अविजित रहे। यासिम मुर्तजा, निजाकत खान र जेमी एटकिन्सन शून्य रनमै आउट भए।

null

हङकङको मिसन रोड ग्राउन्डमा शनिबार नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो। मुख्य प्रशिक्षक मोन्टी देसाईले प्लेईङ सेटमा बिनोद भण्डारीलाई मौका दिएका छन् भने युवा खेलाडीहरुलाई अवसर दिएका छन्। नेपाली टिममा कप्ता रोहित पौडेलसहित कुशल भुर्तेल, आकाश चन्द, रासिद खान, सागर ढकाल, प्रतिस जिसी, गुलसन झा, सन्दीप जोरा, आरिफ शेख र विवेक यादव छन्।

हङकङ भ्रमणमा रहेको नेपालले हङकङसँग एकमात्र टी ट्वान्टी फ्रेन्डसिप म्याच खेल्नेछ भने हङकङ र पपुवा न्युगिनीसँग त्रिकोणात्मक क्रिकेट सिरिज समेत खेल्ने तालिका छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.