प्री ओपन सेसनमा नेप्से दुई अंकले बढ्यो
काठमाडौं : साताको पहिलो सेयर कारोबार दिन आइतबार प्री ओपन सेसनमा नेप्से परिसूचक २.०२ अंकले बढेको छ। नेप्से २.०२ अंकले बढेर २०३१.५८ विन्दुमा पुगेको छ।
यो सेसनमा ३० कम्पनीको ३ हजार ६९० कित्ता सेयर १६ लाख २५ हजार २०२ रुपैयाँ खरिदबिक्री भए। प्री ओपन सेसनमा १६ स्टकको मूल्य बढ्दा ७ वटाको घट्यो भने ६ वटाको मूल्य स्थिर रह्यो।