टि–ट्वान्टी शृङखला : वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज नेपाल भिड्दै

टि–ट्वान्टी शृङखला : वेस्ट इन्डिज ‘ए’ विरुद्ध आज नेपाल भिड्दै
तस्बिर : क्यान
सुन्नुहोस्

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ टोलीबीचको टि–ट्वान्टी शृङखला आजदेखि सुरु हुने भएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा मध्यान्ह १२:१५ बजेदेखि सुरु हुनेछ । आइसिसी टि–ट्वान्टी विश्वकप २०२४ को तयारी स्वरुप नेपालले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग खेल्न लागेको हो । 

नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको उक्त प्रतियोगितामा नेपाल र वेष्ट इन्डिजको ‘ए’ टोलीबीच पाँच खेल सम्मेलित टी–२० शृङ्खला हुँदैछ । वेस्ट इन्डिजको टोली पहिलो पटक नेपाल भ्रमणमा आएको हो । 

नेपाल र वेस्टइन्डिज ‘ए’ बीचको दोस्रो खेल यही वैशाख १६ गते, तेस्रो खेल वैशाख १९ गते, चौथो खेल वैशाख २० गते र पाँचौं तथा अन्तिम खेल वैशाख २२ गते हुनेछ । घरेलु मैदानमा पाँच खेल खेलिसकेपछि नेपाली टोली वेस्ट इन्डिज प्रस्थान गर्ने तालिका रहेको क्यानले जनाएको छ ।

नेपाली टोलीमा कप्तान रोहितकुमार पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, विनोद भण्डारी, अनिल शाह, आरिफ शेख, ललित राजवंशी, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा र करण केसी छन् । त्यसैगरी सोमपाल कामी, प्रतिश जिसी, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द,.सागर ढकाल, कमल सिंह ऐरी र लोकेश बम छन् ।

यसैगरी वेस्ट इन्डिज ए टोलीको कप्तानमा रोस्टन चेससहित एलिक एथानाजे, फबिएन एलेन, कदिम एलियन, जोसुवा विसोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओसान थोमस र हायडेन वाल्स छन् । 
-राससको सहयोगमा


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.