काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजको पहिलो खेलमा नेपालले हङहङसँग पहिला फिल्डिङ गर्ने भएको छ। हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा घरेलु टोली हङहङविरुद्ध नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेको हो।
नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम रहेका छन्।
मैत्रीपूर्ण टी-२० आईको पहिलो खेलमा शनिबार नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो