काठमाडौं : वर्षाका कारण त्रिकोणात्मक टी-२० आई सिरिजअन्तरगत नेपाल र हङकङबीचको खेल प्रभावित भएको छ। खेल रोकिएपछि मैदानमा कभर लगाइएको छ।
हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा जारी खेलमा हङकङले ५ ओभरको समाप्तिमा १ विकेट गुमाएर ४३ रन बनाएको छ।
खेलमा घुरेलु टोली हङहङविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको नेपालले एक विकेट लिएको छ। करण केसीले पहिलो बलमै हङहङको पहिलो विकेट लिएका हुन्।
केसीले हङकङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई गुलसन झाद्वारा क्याच गराएका थिए ।
नेपाली टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, करण केसी, अभिनाश बोहोरा, राशीद खान, प्रतिश जिसी, सागर ढकाल, आकाश चन्द र लोकेश बम रहेका छन्।