काठमाडौं : त्रिकोणात्मक टी-२० आई सिरिजअन्तरगत नेपालले हङहङको दोस्रो विकेट लिएको छ। हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा जारी खेलमा नेपालका गुल्सन झाले हङहङका क्याप्टेन निजाकत खानलाई आउट गराएका हुन्।
खानले २० बलमा २५ रन बनाएर आउट भएका हुन्। उनले ३ चौका र १ छक्का प्रहार गरेका थिए।
खेलमा घुरेलु टोली हङहङविरुद्ध टस जितेर फिल्डिङ गरिरहेको नेपालले दोस्रो विकेट लिएको हो। यसअघि करण केसीले पहिलो बलमै हङहङको एक विकेट लिएका थिए।
वर्षाका कारण खेल पुन: प्रभावित भएको छ। यसअघि पनि वर्षाका कारण खेल रोकिएको थियो। खेल सुरू हुनेवित्तिकै फेरि पानी परेपछि पुन: प्रभावित भएको हो।