बर्षाले खेल रद्ध, नेपाल र हङकङले अंक बाँडे

बर्षाले खेल रद्ध, नेपाल र हङकङले अंक बाँडे
तस्बिर : क्यान
सुन्नुहोस्

काठमाडौं : बर्षाले खेल प्रभावित भएपछि त्रिकोणात्मक टी-२० आई सिरिजअन्तर्गत नेपाल र हङकङले अंक बाँडेका छन्। हङकङस्थित टिनक्वङ रोड खेल मैदानमा हङकङले ८ ओभरको समाप्तिमा २ विकेट गुमाएर ६५ रन बनाएपछि खेल प्रभावित भएको हो। 

घरेलु टोली हङहङविरुद्ध टस जितेर फिल्डिङ गरेको नेपालका लागि करण केसी र गुलसान झाले १/१ विकेट लिएका हुन्। हङहङका लागि कप्तान निजाकत खानले २५ रन र ओपनर ब्याट्सम्यान मार्टिन कोट्जी, शून्य रनमा आउट भएका थिए। अंशुमान रथले ३६ रन र बाबर हायातले ३ रन बनाएर खेलिरहेका थिए। बर्षाका कारण त्यसपश्चात खेल रद्ध भएको हो।

शनिबार भएको फ्रेन्डसिप कपमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको थियो। सिधै फाइनलमा जान नेपालले पिएनजीलाई हराउनुपर्ने दबाब रहेको छ। शनिबार भएको फ्रेन्डसिप कपमा हङकङसँग नेपाल ७३ रनले पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.