हङकङमा तेक्वान्दोका कार्की र खड्काले जिते रजत

हङकङमा तेक्वान्दोका कार्की र खड्काले जिते रजत
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

हङकङ : हङकङमा आयोजित २८औं एशियन सिटिज तेक्वान्दो च्याम्पियनसिपमा नेपालका दुई खेलाडीले रजत पदक जितेका छन् । काउलुन पार्कमा भएको खेलमा नेपालका सुरज कार्की र ओम प्रकाश खड्काले रजत पदक जितेका हुन् । कार्कीले ७४ केजी र खड्काले ८७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

उनीहरूलाई हङकङ तेक्वान्दो एशोसियनका अध्यक्ष चिङ म्यान चुङसहितका पदाधिकारीले पदक वितरण गरेका थिए । कार्की,खड्कासहित बिमल रोकाया, नियोल गुरुङलगायतका खेलाडीले प्रतोयोगितामा प्रतिस्पर्धा गरेका थिए ।

हङकङ तेक्वान्दो एशोसियनको निमन्त्रणामा नेपालको तेक्वान्दो टोली प्रशिक्षक एवम् अन्तर्राष्ट्रिय रेफ्री कुमार घिसिङको नेतृत्वमा हङकङ आएको हो । प्रशिक्षक घिसिङ र नेत्रबहादुर तिमिल्सिनाले नेपाली टोलीको तर्फबाट हङकङका पदाधिकारीलाई मायाको चिनो प्रदान गरेका थिए   ।

नेपाली टोलीमा अन्तर्राष्ट्रिय रेफ्री नबिना बुढाथोकी, प्रशिक्षक राजु खड्का,अर्जुनभक्त राई,नेपाल तेक्वान्दो संघ मधेस प्रदेशका महासचिव राजकुमार लामालगायत सहभागी थिए । प्रत्येक वर्ष आयोजना हुने प्रतियोगितामा यस वर्ष आयोजक हङकङसहित नेपाल, मकाउ, भारत, मंगोलिया, कम्बोडिया, सिंगापुरलगायतका देशका खेलाडी सहभागी थिए ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.