तेक्वान्दो टोली चीन जाँदै

तेक्वान्दो टोली चीन जाँदै
सुन्नुहोस्

काठमाडौं : फ्रान्सको पेरिसमा यही वर्ष हुने ओलिम्पक तथा पारालिम्पिक खेलकुदअन्तर्गत एसियाली छनोट प्रतियोगितामा सहभागी हुन तेक्वान्दोको दुई टोली चीन जाने भएको छ। छनोट प्रतियोगिता यही मार्च १५ देखि १७ तारिखसम्म चीनको ताइयाङमा हुँदैछ।

पेरिस पारालिम्पिक छनोटअन्तर्गत के–४४ विधाको पुरुष ५८ केजीमुनि भरतसिंह महता र ६३ केजीमुनि अमिर ब्लोन तथा महिला ५७ केजीमुनि पलेसा गोवद्र्धनले नेपालको प्रतिनिधित्व गर्ने छन्। पलेसा चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य पदक विजेता हुन्। बाँकी दुईको भने यो ‘डेब्यु’ अन्तर्राष्ट्रिय प्रतियोगिता हो। प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन्। मार्च १७ तारिखमा हुने प्रतियोगितामा सहभागी हुन पारा टोली मार्च १४ तारिख चीन प्रस्थान गर्ने छ। हरेक स्पर्धामा पहिलो हुने खेलाडी पेरिस पारालिम्पिकमा छनोट हुने प्रावधान छ।

यसैगरी पेरिस ओलम्पिक छनोटअन्तर्गत पुरुष ५८ केजीमुनि राहुल कुमाल र ६८ केजीमुनि वीरबहादुर महरा तथा महिला ४९ केजीमुनि अञ्जली तामाङ र ६७ केजीमुनि इन्दिरा बस्नेतले नेपालको चुनौती प्रस्तुत गर्ने छन्। प्रत्येक तौलसमूहमा पहिलो र दोस्रो हुने खेलाडी पेरिस ओलम्पिकका लागि छनोट हुने छन्। प्रशिक्षकमा टीकाप्रसाद लिम्बू छन्। छनोट मार्च १५ र १६ तारिखमा हुनेछ। त्यसका लागि टोली सोमबार 

चीन प्रस्थान गर्दैछ।

राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले टोलीलाई सफलताको शुभकामना दिँदै आइतबार बिदाइ गरे। सो अवसरमा सदस्यसचिव घिसिङले छनोट प्रतियोगिता खेलाडीका लागि चुनौतीसँगै इतिहास दोहोर्‍याउने अवसर भएको बताउँदै खेलाडीको तयारीका बारे चासो व्यक्त गरेका थिए।

‘छनोट प्रतियोगिता तपाईंहरूका लागि चुनौतीसँगै इतिहास दोहोर्‍याउने अवसर पनि हो। नेपाली ओलम्पिकको इतिहासमा अहिलेसम्म तेक्वान्दो बाहेक कुनै पनि खेलका खेलाडीले छनोट चरण पार गरी ओलम्पिक खेलेको इतिहास छैन। संगीना वैद्य र दीपक विष्टले त्यो उपलब्धि हासिल गर्नु भएको थियो। उहाँहरू पछि तपाईंहरूलाई इतिहास रच्ने मौका छ’, सदस्यसचिव घिसिङले भने, ‘निर्भिक भएर उच्च मनोबलका साथ उत्कृष्ट प्रदर्शन गर्नुस्।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.