इंग्ल्याण्डसँग फुटबल खेल्न बेलायत आउँदै नेपाली राष्ट्रिय टोली

इंग्ल्याण्डसँग फुटबल खेल्न बेलायत आउँदै नेपाली राष्ट्रिय टोली

लन्डन : नेपालको राष्ट्रिय फुटबल टोलीले पहिलोपटक इंल्याण्डमा खेल्ने भएको छ। आगामी मे महिनाको ६ तारिखमा इंग्ल्याण्डको राष्ट्रिय सीसँग नेपालले ऐतिहासिक खेलको अवसर पाउने भएको हो। 

बेलायतमा उल्लेख्य नेपालीको बसोबास रहेको अल्डरसटस्थित अल्डरसट टाउन फुटबल क्लबको पहलमा नेपाली टवलीम बेलायत आउन लागेको हो। सोमबार आयोजित पत्रकार सम्मेलनमा अल्डरसट टाउन फुटबल क्लबकै होम ग्राउण्ड इबीबी स्टेडियममा खेल आयोजना हुने जानकारी दिइयो। क्लबका अध्यक्ष साहिद अजिमले खेल हुने पक्का भइसकेको जानकारी दिँदै क्लब, इंग्ल्याण्ड एफए तथा एन्फाबीच त्रिपक्षीय सम्झौता हस्ताक्षर भइसकेको उल्लेख गरे। 

क्लबले इंग्लिस एफए र एन्फासँगको सहकार्य तथा समन्वयमा खेलको तयारी गरिरहेको उनले बताए। पत्रकार सम्मेलनमा जनाइएअनुसार नेपालबाट खेलाडी, कोच, फिजियो, अफिसियल गरी करिब ३० जनाको टोली अप्रिल २९ मा बेलायत आइपुग्नेछ। उनीहरूले बेलायतको भिसासमेत बुझिसकेको जनाइएको छ। करिब ५० हजार पाउण्ड बजेट लाग्ने बताइएको उक्त खेल खेल्न आएका नेपाली खेलाडीको प्रशिक्षण, खान, बस्न, यातायात आदि खर्च आयोजकले नै व्यहोर्नेछन्। 

null

इंग्लिस एफएले विकासोन्मुख देशलाई फुटबल खेलमा आकर्षित गराइरहँदा नेपालबाट आउने टोलीलाई पनि सहयोग गर्न लागेको हो। अध्यक्ष अजिमले ६ मेको दुई देशीय ऐतिहासिक खेल सफल बनाउन यहाँस्थित नेपाली समुदायसँग पनि सहयोग र सहभागिताको लागि अपिल गरेका छन्। अल्डरसटमा सयौं वर्षदेखि गोर्खा रेजिमेन्ट रहेको र यहाँ हालः करिब १५ हजार नेपाली बसोबास गर्ने भएकाले नेपाली र बेलायती समुदायलाई एकीकृत गर्ने आफ्नो मुख्य उद्देश्य रहेको क्लब अध्यक्ष अजिमले बताए। 

एक साता बेलायतमा रहँदा नेपाली टोलीले बिहान तालिम लिने र बाँकी समय विभिन्न गतिविधिमा सहभागी हुने तय भएको छ। बेलायत आउने नेपाली टवलीले वेम्ली स्टेडियममा नेशनल लिग फाइनल खेल हेर्ने, ह्याम्पसायर एफसी अवलोकन भ्रमण गर्ने र गोर्खा रेजिमेन्टसंग फ्रेण्ड्ली म्याच खेल्ने तय भइसकेको छ। नेपालसँग खेल्ने ‘इंग्ल्यान्ड सी’ यहाँको राष्ट्रिय टोलीकै मान्यता भएको टीम हो। जसले इंग्ल्यान्डको प्रतिनिधित्व गर्दै विभिन्न मुलुकसँग सद्भावना खेलहरू खेल्ने गर्छ र यस्तै खेलहरूमार्फत् विकासशील राष्ट्रको फुटबल विकासलाई प्रोत्साहन गर्ने लक्ष्य राख्छ। 

‘इंग्ल्याण्ड सी र नेपालबीच हुन लागेको यो ऐतिहासिक खेल मैत्रीपूर्ण मात्र होइन, यो त यहाँको फुटबल एशोसिएसन (एफए) ले मान्यता दिएको एक पूर्ण अन्तर्राष्ट्रिय खेल हो। जसमा अंग्रेज खेलाडीहरू इंग्ल्याण्डको राष्ट्रिय टीमकै क्यापमा खेल्नेछन् र यो इंग्ल्याण्डले खेलेका अन्तर्राष्ट्रिय खेलहरूको सूचीमा रेकर्ड हुनेछ,' आयोजक अल्डरसट टाउन फुटबल क्लब अध्यक्ष अजिमले स्पष्ट पारे। 

null

उनले यो खेल नेपाली प्रतिभावान खेलाडीलाई बेलायती क्लबमा अवसरको लागि प्लेटफर्म बन्नसक्ने बताए। ‘म आशा गर्छु नेपाली खेलाडीहरूले प्राप्त अवसरलाई सदुपयोग गर्नेछन् र आफ्नो खेल कौशलले सबैलाई प्रभावित गर्नेछन्,' अजिमले थपे, ‘यो खेल हेर्न यहाँका विभिन्न लिगका प्रशिक्षकहरू पनि आउनेछन्। उनीहरूले मन पराए भने अनुबन्धनका लागि प्रस्ताव राख्न सक्छन्। भोलि हाम्रै अल्डरसट टाउन क्लबमा पनि कुनै नेपाली खेलाडीले खेलेको हेर्न मलाई चाहना छ। तर त्यो प्रशिक्षक प्रभावित भएपछि मात्र सम्भव छ।’ 

इंग्ल्याण्ड एफएको नेश्नल लिग सिस्टम प्रमुख लरेन्स जोन्सले नेपाली टोलीलाई स्वागत गर्न आफूहरू आतुर रहेको जनाउँदै यो खेलले बेलायतको नेपाली समुदाय र गोर्खा रेजिमेन्टसँग स्थानीय समुदायको घुलमिल बढाएर सम्बन्ध झन् प्रगाढ बनाउने आशा व्यक्त गरेका छन्। एन्फाले पनि इंग्ल्याण्डसँगको पहिलो खेललाई नेपाली खेलाडीहरूलाई अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रतिभा देखाउन तथा उपयोगी अनुभव आर्जन गर्न सुन्दर अवसरका रूपमा लिएको जनाएको छ। खेल घोषणा गर्न आयोजित पत्रकार सम्मेलनमा अल्डरसट टाउन फुटबल र इंग्ल्याण्ड एफएका अधिकारीहरूसँगै स्थानीय नेपाली समुदायका अगुवाहरूको पनि उपस्थिति थियो। 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.