कान्तिपुर सहकारीका १२ जनाविरुद्द मुद्दा दायर

कान्तिपुर सहकारीका १२ जनाविरुद्द मुद्दा दायर
सुन्नुहोस्

काठमाडौं : मिनभवनमा रहेको कान्तिपुर सहकारी ठगी गर्ने १२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको छ। एक अर्ब ५१ करोड ८५ लाख ५२ हजार २७ रुपैयाँ विगो मागदाबी गर्दै ठगी कसूरमा मुद्दा दर्ता भएको हो। 

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार कान्तिपुर सहकारीका सञ्चालकहरूले बचतकर्तालाई आर्कषक व्याज दिन्छु भन्दै फिक्स डिपोजिटमा पैसा राख्न लगाई ठूलो रकम ठगी गरेका हुन्। संस्थाका अध्यक्ष हिमालय विक्रम ठकुरीलाई प्रहरीले गत फागुन १ गते काठमाडौंबाट पक्राउ गरेको थियो। 

अन्य ११ जना फरार छन्। उनीसहित १२ जनाविरुद्ध जिल्ला अदालत काठमाडौंमा आइतबार ठगी मुद्दा दर्ता भएको हो। आफूहरू ठगिएको भन्दै चक्रलाल श्रेष्ठसहित ८५२ जनाले जिल्ला प्रहरी परिसर काठमाडौंमा जाहेरी दिएका छन्। 

प्रहरीका अुनसार फरार हुनेमा कोषाध्यक्ष ५२ वर्षीय प्रेमध्वज लामा, सचिव ४९ वर्षीय जोगलाल लामा, सदस्य ५२ वर्षीय सानुकान्छा लामा, सदस्य ५२ वर्षीय नारायणप्रसाद रिमाल, सदस्य इन्दु थापा सदस्य ४४ वर्षीय देवराज पराजुली, लेखा सुपरिवेक्षण समितिको संयोजक ४६ वर्षीय कञ्चन तामाङ रहेका छन्। 

त्यस्तैगरी लेखा सुपरीवेक्षण समितिका सदस्य ६० वर्षीय उद्धवप्रसाद पाण्डे, लेखा सुपरीवेक्षण समितिका सदस्य २८ वर्षीय अम्बिका थपलिया र पूर्व अध्यक्ष एव् व्यवस्थापक सिबी लामा भन्ने चन्द्र बहादुर लामा समेतलाई विपक्षी बनाई मुद्दा दायर गरिएको छ। फरार रहेका सिबी लामा नेपाली कांग्रेस काभ्रेका पूर्व कोषाध्यक्ष हुन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.