जलजला अध्यक्ष कप फट्केढुङ्गालाई

जलजला अध्यक्ष कप फट्केढुङ्गालाई
दोस्रो जलजला गाउँपालिका अध्यक्ष कपको उपाधी जितेका ४ नम्बर वडा फट्केढुङ्गाका खेलाडीहरु।
सुन्नुहोस्

बेनी : जलजला गाउँपालिका–४ फट्केढुङ्गाले दोस्रो गाउँपालिका अध्यक्ष कपको उपाधी जितेको छ। खोलाखेतमा सोमबार सम्पन्न फाइनलमा वडा नम्बर –७ धाइरीङलाई पराजित गर्दै ४ नम्बर वडाले उपाधी जितेको हो। 

प्रतियोगिताको बिजेता र उपबिजेताले ट्रफी, मेडल र प्रमाणपत्र सहित १ लाख १११ रुपैयाँ र  ५० हजार ५५५ रुपैयाँ प्राप्त गरेका छन्। तृतीय बनेको वडा नम्बर २ र सान्तवना वडा नम्बर १ ले क्रमश ३० हजार ३३३ रुपैयाँ र १० हजार १११ रुपैयाँ ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन्। 

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना हुने वडा र खेलाडीहरुलाई गाउँपालिकाका उपाध्यक्ष दिपक आचार्य, वडाध्यक्षहरु र प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले नगद पुरस्कार, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए।  

प्रतियोगितामा ९ वटै वडाबाट खेलाडीहरुले सहभागिता जनाएका थिए। सहभागी स्वरुप अन्य पाँचवटा वडाहरुलाई ५ हजार ५५ रुपैयाँका दरले सहभागी भत्ता प्रदान गरिएको छ। शनिबारदेखि सुरु भएको प्रतियोगिताको जिसस उपप्रमुख सोमबहादुर जिसीले उद्घाटन गरेका थिए।

जलजला खोलाखेत युवा क्लबले दोस्रो महाशिवरात्री मेलाको समेत आयोजना गरेको थियो। युवा क्लब र स्थानीय आमा समुहले अध्यक्ष कप प्रतियोगिताको व्यवस्थापन गरेका थिए। स्थानीय खेल प्रतिभाको पहिचान र प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरेको गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्यले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.