पिएनजीविरुद्ध नेपालले लियो ४ विकेट
काठमाडौं : पिएनजीविरुद्ध हङकङमा जारी त्रिकोणात्मक सिरिजमा नेपालले ४ विकेट लिएको छ। नेपालले १९९ रनको लक्ष्य दिएपछि जवाफि ब्याटिङमा उत्रिएको पपुवा न्युगिनीले ४ विकेट गुमाएको हो।
नेपालका लागि प्रतिश जिसीले पिएनजीका हिरीहिरीको विकेट लिएका हुन्। ८.२ ओभरमा जिसीको बलमा हिरीलाई गुलसन झाले क्याच आउट गरे। उनले २८ रन बनाए।
त्यस अगाडि ७.५ ओभरमा कुशल भुर्तेलको बलमा लोकेश बमले असद भालालाई क्याच आउट गरे। कप्तान भालाले ९ रनको योगदान गरे। नेपालका प्रतिक जिसीले नै पिएनजीका टोनी उरालाई आउट गराएका थिए। उनले १३ रन र र सेसे बाउले २१ रनको योगदान गरेर बाहिरिए।
पिएनजीले १० ओभरमा ८२ रन बनाएर खेलिरहेको छ।
यस अगाडि पपुवा न्युगिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकमा प्रहार गरे।
नेपालका लागि भुर्तेलले ५९ रन, जोराले ५६ रन, बिनोद भण्डारीले २७ रन, गुलसन झाले १५ रन , लोकेश बमले १४ रन, विवेक यादवले १९ रनको योगदान गरे। गुलसन र विवेश अविजित रहँदा कप्तान रोहित पौडेलले १ रन र आरिफ शेखले ४ रनको मात्र योगदान गर्न सके।
पिएनजीका असाद भालाले २ विकेट र जोन कारिको, नोर्मन भनुआ र नोसेना पोकानाले १/१ विकेट लिए ।
आजको खेल जितेमा नेपाल सिधै फाइनल प्रवेश गर्नेछ। पहिलो खेलमा बर्षाका कारण हङकङ र नेपालले १/१ अंक बाँडेका छन्। आजै पिएनजी र हङकङबीच पनि खेल हुनेछ। फाइनल खेल बुधबार हुने कार्यतालिका छ ।