विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टोली मलेसिया जाँदै

विश्वकप छनोटको तयारीका लागि राष्ट्रिय फुटबल टोली मलेसिया जाँदै
सुन्नुहोस्

काठमाडौं : फिफा विश्व कप र एएफसी एसियन कप छनोटको तयारीका लागि मलेसिया जाने राष्ट्रिय फुटबल टोलीलाई विदाइ गरिएको छ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फा अध्यक्ष लगाएत पदाधिकारीहरूले राष्ट्रिय टोलीलाई विदाइ गरेका हुन्। राष्ट्रिय फुटबल टोली बुधबार मलेसिया जाँदैछ। मलेसियामा तयारी गरेपछि नेपाली टिम बहराइन जानेछ। एन्फाले ६ नयाँ खेलाडीलाई समेट्दै मंगलबार टोलीको समेत घोषणा गरेको छ। 

खेलाडी विदाइ कार्यक्रममा मुख्य प्रशिक्षक भिनसेन्जो अल्बर्टो एनेसले नेपालमा पनि राम्रो तयारी भएको र मलेसियामा हुने अभ्यास पनि आगामी खेलका लागी महत्वपूर्ण सावित हुने बताए। बहराइनसँग स्वदेशमा खेल हुँदा त्यसको थप फाइदा नेपाललाई हुने भए पनि बहराइनमा नै खेल हुँदा पनि उच्च मनोवलका साथ मैदान उत्रने उनले बताए।

नेपाल र बहराइनबीच हुने फिफा विश्वकप र एएफसी एसियन कप छनोटको दुवै खेल बहराइनमै हुने पक्का भइसकेको छ। पूर्व निर्धारित खेलअनुसार नेपाल र बहराइनबीचको पहिलो खेल चैत ८ गते र दोस्रो खेल चैत १३ गते बहराइन नेसनल स्टेडिायमा हुने एन्फाले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.