वडामै सेवा पाउँदा समय र खर्च बचत

वडामै सेवा पाउँदा समय र खर्च बचत
सुन्नुहोस्

दैलेख : दैलेखको डुङ्गेश्वर गाउँपालिकाको सबै वडामा घुम्ती शिविर सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाले नागरिकलाई घरदैलोमै सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरेको हो। 

गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्कीका अनुसार वडा नम्बर १ को चुप्राबाट फागुन २९ देखि सुरु भएको शिविर चैत्र ५ गते वडा नम्बर ६ को माथिल्लो डुङ्गेश्वरमा पुगेर सकिने छ। वडापिच्छे सञ्चालन गरिने शिविरमा सयौँ नागरिक लाभान्वित भएका छन्। गाउँपापलिकाबाट सञ्चालन गरिने सेवा प्रवाहलाई सेवाग्राहीको घरदैलोमा गइ सेवा प्रवाहलाई थप प्रभावकारी रुपमा कार्यान्वन गराउने निर्णय अनुसार शिविर चलाएको लेखा अधिकृत कार्कीको भनाइ छ। 

‘शिविरमा आर्थिक वर्ष ०८०/०८१ मा कार्यान्वयन हुने योजनाहरुको सम्झौता, उपभोक्ता समितिका पदाधिकारीलाई अभिमुखिकरण, व्यवसाय दर्ता तथा नविकरण, कृषि तथा पशुपंक्षी फर्म दर्ता तथा नविकरण लगाएतका सेवा प्रवाह भइरहेको छ,’ कार्कीले भने। सम्झौता भइसकेका र काम सम्पन्न भइसकेका योजनाको भुक्तानी पनि शिविरमा वडामै भइरहेको छ। गाउँपालिकामा पुगेर पाउने सेवा वडामै पाउँदा सहज भएको स्थानीय नागरिकहरु बताउँछन्। स्थानीय रमेश हिरोजक भन्छन्, ‘पालिकाको केन्द्रसम्म पुग्न समय लाग्थ्यो, गाडी भाडा, खानामा पनि उत्तिकै खर्चिलो हुन्थ्यो, शिविरमार्फत वडामै सेवा पाउँदा सजिलो भयो।'

वडामै योजना सम्झौतादेखि व्यवसाय दर्ता तथा नवीकरणको सेवा पाउँदा झन्झट बेहोर्नु नपर्नाका साथै समय र खर्च बचत भएको हिरोजकले बताए।
गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीको नेतृत्वमा उपाध्यक्ष कलावती न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल, विषयगत शाखाका कर्मचारीहरु शिविरमा खटिएका छन्। गाउँपालिकाको कार्यालयबाट प्रवाह हुने सेवा वडामै पुगेर प्रवाह गर्दा नागरिकहरु उत्साहित भएको प्रमुख प्रशासकीय अधिकृत खराल बताउँछन्। ‘गाउँपालिकाले प्रवाह गर्ने सेवा जनताको घरदैलोमा पुगेर काम गर्दा सेवाग्राहीहरु उत्साहित र खुसी भएको पाएका छौँ,’ खरालले भने। 

गाउँपालिका कार्यालयको सेवालाई सरल र सहज ढंगबाट प्रवाह गर्न तथा जनताका समस्यालाई सोही ठाउँबाट समाधान गर्न घुम्ती शिविर आयोजना गरेको गाउँपालिकाका अध्यक्ष सुन्दरकुमार केसीले बताए। ‘घुम्ती सेवाबाट नागरिकले ठूलो राहतको महसुस गरेको पाइयो,’ उनले भने। पालिकाबाट हुने सेवाहरु लिन केन्द्रसम्म पुग्न समय लाग्ने र खर्चिलो हुने हुँदा वडामै पुगेर सबै सेवाहरु एकै ठाउँबाट प्रवाह गरेको अध्यक्ष केसीले बताए। 

‘गाउँमै पुगेर सेवा प्रवाह गर्दा नयाँपनको आभास भएको र नमुना काम भएको प्रतिक्रिया पाएका छौं,’ उनले भने। गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ को तुलनामा वडा नम्बर १, २ र ३ बाट गाउँपालिकाको कार्यालयसम्म पुग्न टाढा पर्छ। पालिकाको केन्द्रसम्म पुग्न समय लाग्ने र खर्चिलो हुने भएकाले पनि घुम्ती शिविर चलाएर वडाबाटै सेवा प्रवाह गरिएको अध्यक्ष केसीको भनाइ छ। 

गाउँपालिकाले चलाएको घुम्ती शिविरमा सेवा लिन आएका सेवाग्राहीहरु। तस्बिर : हिक्मतबहादुर नेपाली।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.