वीरगन्जमा नेपाली र भारतीय रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

वीरगन्जमा नेपाली र भारतीय रुपैयाँसहित हुण्डी कारोबारी पक्राउ

वीरगन्ज : वीरगन्जबाट प्रहरीले हुण्डीको कारोबारमा संलग्न रहेको आरोपमा एक व्यक्तिलाई करिब ७ लाख रुपैयाँ र विभिन्न बैंकका चेकसहित पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका-६ स्थायी घर भई हाल वीरगन्ज महानगरपालिका-१६ मा बस्दै आएका ५० वर्षीय रामबाबु कलवार रहेका छन्। उनको साथबाट श्रोत खुल्न नसकेको ६ लाख ८२ हजार नेपाली रुपैयाँ  बरामद पनि गरिएको पर्साका प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले जानकारी दिए। 

थापाका अनुसार विशेष सूचनाका आधारमा आइतबार दिउँसो खटिएको प्रहरी टोलीले वीरगन्ज–१६ दुर्गाहल पछाडिको बाटोमा शंकास्पद रूपमा हिँडिरहेका कलवारलाई रोकेर उनको शरीर खानतलासी गरेको थियो। त्यसक्रममा कलवारले बोकेको झोलाबाट नेपाली हजार र पाँच सय दरको नोट गरी ६ लाख ८२ हजार रुपैयाँ र नेपालमा प्रतिबन्धित भारु पाँच सय दरको ५६ थान नोटपनि बरामद भएको थापाले बताए।

यस्तै कलवारको साथबाट कृषि विकास बैंक, सानिमा बैंक, माछापुच्छ्रे बैक, लक्ष्मी बैंक,मुक्तिनाथ विकास बैंक, ग्लोबल बैंक, प्राइम बैंक र मेघा बैंकको गरी १९ थान चेकपनि बरामद गरिएको जानकारी थापाले दिए। 

पक्राउ परेका कलवारलाई प्रहरी हिरासतमा राखेर उनीविरुद्ध बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ विरुद्धको कसुरमा थप अनुसन्धान गरिरहेको थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.