वीरगन्जमा ब्राउन सुगरसहित चार जना पक्राउ

वीरगन्जमा ब्राउन सुगरसहित चार जना पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्जबाट प्रहरीले लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)सहित चार जनालाई पक्राउ गरेको छ। वीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट प्रहरीले एक युवतीसहित चार जनालाई पक्राउ गरेको हो। 

वीरगन्ज महानगरपालिका-१६ रजतजयन्ती चोकस्थित सडकमा प्रहरी चौर्की ईनर्वाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भारतबाट नेपालतर्फ आउँदै गरेका चितवनको भरतपुर महानगरपालिका-१७ का २४ वर्षीय अमित गुरुङ र २४ वर्षीया सुनिता विकलाई १ ग्राम खैरो हेरोइनसहित पक्राउ गरेको पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले जानकारी दिए। 

यस्तै वीरगन्ज महानगरपालिका-१५ स्थित सडकमा प्रहरीले  बा ९५ प २३०३ नम्बरको स्कुटी रोकेर चेकजाँच गर्दा त्यसमा सवार दुई युवकपनि खैरो हेरोइनसहित पक्राउ परेको थापाले बताए। पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका-५ का २४ वर्षीय सेजल श्रेष्ठ र पर्साको जिराभवानी गाउँपालिका–२ का १९ वर्षीय विजय साह रहेका छन्। उनीहरूको साथबाट पनि १ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। 

खैरो हेरोइनसहित पक्राउ परेका चारै जना विरुद्ध लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान कार्य भइरहेको थापाले बताए। 
 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.