भिस्वा होटलको क्यासिनोमा प्रहरीको छापा, चार नेपाली पक्राउ

भिस्वा होटलको क्यासिनोमा प्रहरीको छापा, चार नेपाली पक्राउ
सुन्नुहोस्

वीरगन्ज : वीरगन्ज महानगरपालिका-१५ स्थित होटल भिस्वामा सञ्चालित सीएमजी क्लब क्यासिनोमा प्रहरीले छापा मारेर चार जना नेपालीलाई पक्राउ गरेको छ।

मंगलबार बेलुकी जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको अपराध अनुसन्धानको टोलीले भिस्वा होटलको क्यासिनोमा छापा मारेर चार जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा क्यासिनोका मार्केटिङ म्यानेजर वीरगन्ज-११ का ३४ वर्षीय उमेश कार्की, क्यासिनोका फ्लास मनिटर वीरगन्ज-१६ का ३४ वर्षीय पप्पु सिंह, क्यासिनोका सुरक्षा गार्ड वीरगन्ज-१५ का ३२ वर्षीय प्रताप लामा र क्यासिनोमा जुवा खेलिरहेका वीरगन्ज-१६ का ४० वर्षीय सुरज कुमार कलवार छन्।

क्यासिनोमा अनाधिकृतरूपमा नेपाली नागरिकलाई प्रवेश गराएर जुवा खेलाइरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाले बताए।

थापाका अनुसार क्यासिनोमा प्रहरीको टोली पुग्दा त्यहाँका कर्मचारीले प्रहरीसँग वादविवाद गरेर भित्र छिर्न अवरोध गरेपछि क्यासिनोमा छिरेर प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका चारै जनालाई प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक थापाले बताए। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.