पर्यटन प्रवर्द्धन गर्न आर्ट क्याम्प

पर्यटन प्रवर्द्धन गर्न आर्ट क्याम्प
सुन्नुहोस्

रसुवा : पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यका साथ ‘आमाछोदिङ्मो आर्ट क्याम्प–२०८०’ गतलाङ गाउँमा सम्पन्न भएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र आमाछोदिङ्मो गाउँपालिका रसुवाको संयुक्त आयोजनामा सुरु भएको हो। 

चैत ९ देखि १३ गतेसम्म आमाछोदिङ्मो गाउँपालिका–३ स्थित पर्यटकीय क्षेत्र गतलाङ गाउँमा चल्ने कार्यक्रममा २५ जनाभन्दा बढी कलाकार सहभागी थिए। प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले उक्त कार्यक्रमको शुभारम्भमा कलालाई पर्यटनसँग जोडेर लैजाँदा त्यसले राम्रो प्रभाव पार्ने धारणा व्यक्त गरे। उनले गाउँपालिकाले कलालाई पर्यटनसँग जोडेर समाज रुपान्तरणका पक्षमा अगाडि बढाउनु पर्ने विचार व्यक्त गरे। गाउँपालिका अध्यक्ष बुचुङ तामाङले कलालाई पर्यटनसँग जोडेर कार्यक्रम गर्न लागिएको बताए।

उनले प्रकृति र संस्कृतिको सुन्दर गाउँपालिकाको रूपमा आमाछोदिङ्मो चिनिएकाले आर्ट क्याम्पमार्फत विश्वमा परिचित गराउन खोजेको बताए। अध्यक्ष तामाङ सभाध्यक्षमा भएको उक्त कार्यक्रमको स्थानीय संयोजन कलाकार शशी डंगोल र प्रतिष्ठानको तर्फबाट प्राज्ञसभा सदस्य जुपिटर प्रधानले गरेका थिए। 

धार्मिक आस्थाको प्रसिद्ध पार्वतीकुण्ड, कालोगाउले विश्वमा प्रसिद्धि कमाएका गतलाङगाउ, तामाङ संस्कृती र सांस्कृतिक परम्पराको गोलजुङ, चिलिमे, पर्यटकीय क्षेत्र तातोपानी, तामाङ सम्पदाले भरिपूर्णको क्षेत्रहरूलाई अझै चित्रकलाको माध्यमबाट विश्वसामु चिनाउन लागिएको हो। यहाँका स्थानीय पर्यटन प्रवर्द्धनमा सघाउन लागिपरेको स्थानीय पर्यटन व्यवसायी फुर्पुसिंगी तामाङले बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.