गणेशको राष्ट्रिय कीर्तिमान

गणेशको राष्ट्रिय कीर्तिमान
सुन्नुहोस्

गण्डकी प्रदेशका गणेश विकले १४औं केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगिताअन्तर्गत एथलेटिक्सको छात्र हाइजम्पमा नयाँ जुनियर राष्ट्रिय कीर्तिमान कायम गरेका छन्।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा गणेशले १.८१ मिटर जम्प गर्दै २०७५ सालमा भएको राष्ट्रपति रनिङ सिल्डमा लुम्बिनीका प्रभु थारुले बनाएको १.७७ मिटरको कीर्तिमान भंग गरेका हुन्। बागमती प्रदेशका अविनास सुनार (१.७५ मिटर) दोस्रो र लुम्बिनी प्रदेशका मिलन विश्वकर्मा (१.७० मिटर) तेस्रो भए। सो स्पर्धाको छात्रामा सुदूरपश्चिम प्रदेशकी सुस्मिता चौधरी (१.४१ मिटर) पहिलो, गण्डकीकी सीमा श्रेष्ठ (१.३८ मिटर) दोस्रो तथा लुम्बिनीकी पूजा नेपाली र कर्णाली प्रदेशकी हीरा बुढा (१.३० मिटर) तेस्रो भए।

छात्र एक हजार ५ सय मिटर दौडमा गण्डकीका बादल कार्कीले स्वर्ण जिते। उनले निर्धारित दूरी ४ मिनेट १९.१ सेकेन्डमा पूरा गरे। ४ मिनेट १९.६ सेकेन्ड समयका साथ कर्णालीका अजय विक दोस्रो र ४ मिनेट २२.७ सेकेन्डका साथ सुदूरपश्चिमका विक्रम विक तेस्रो भए। उक्त स्पर्धाको छात्रामा कर्णालीकी कल्पना बुढा पहिलो भइन्। निर्धारित दूरी तय गर्न कल्पनाले ५ मिनेटमा ०४.४ सेकेन्ड समय लगाइन्। सुदूरपश्चिमकी देवकीकुमारी धामी (५ मिनेट १३.०९ सेकेन्ड) दोस्रो र बागमतीकी अस्मिता भुजेल (५ मिनेट १९.८ सेकेन्ड) तेस्रो बने।

छात्र ४ सय मिटर दौडमा लुम्बिनीका रोहितकुमार गुप्ता पहिलो भए। उनले ५१.५ सेकेन्डमा दूरी तय गरे। बागमतीका सन्तबहादुर दराई (५१.९ सेकेन्ड) दोस्रो र कोशी प्रदेशका राकेश सार्की तेस्रो स्थानमा रहे। सो स्पर्धाको छात्रामा कर्णालीकी सरिता खड्का पहिलो भइन्। सरिताले १ मिनेट ०२.३ सकेन्ड समय खर्चिन्। लुम्बिनीकी अनिशा थारु (१ मिनेट ०३.५ सेकेन्ड) दोस्रो तथा कर्णालीकी भावना कर्साल (१ मिनेट ०३.७ सेकेन्ड) तेस्रो भए।

छात्रको १ सय मिटर दौडमा मधेस प्रदेशका आदेशकुमार यादव पहिलो भए। उनले निर्धारित दूरी पूरा गर्न ११.२० सेकेन्ड समय लगाए। बागमतीका प्रवीण राना मगर (११.३५ सेकेन्ड) दोस्रो र सुदूरपश्चिमका चन्द्र बोहरा  (११.५२ सेकेन्ड) तेस्रो भए। सोही स्पर्धाको छात्रामा सुदूरपश्चिमकी रीतु जोशी पहिलो भइन्। रितुले निर्धारित दूरी १३.५८ सेकेन्डमा पूरा गरिन्। गण्डकीका एञ्जल अधिकारी (१३.६६ सेकेन्ड) दोस्रो तथा निशा घर्ती (१३.७५ सेकेन्ड) तेस्रो भए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.