रिङरोड सडक अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन

रिङरोड सडक अलपत्र छाडेर ठेकेदार सम्पर्कविहीन
सुन्नुहोस्

जोमसोम : घरपझोङ गाउँपालिकामा निर्माणाधीन रिङरोड सडक अलपत्र छाडेर ठेकेदार एक वर्षदेखि सम्पर्कविहीन भएको छ। गाउँपालिकाको ५ वटै वडा जोड्ने सडक एक वर्षदेखि अलपत्र परेको हो।

गण्डकी प्रदेश सरकारअन्तर्गत ‘एक निर्वाचन क्षेत्र एक सडक’निर्माण कार्यक्रममा प्राथमिकतामा परेको सडक आधा काम बाँकी छँदै ठेकेदारले सडक निर्माणको काममा कुनै चासो दिएका छैनन्। 

पूर्वाधार विकास कार्यालय मुस्ताङले पटक/पटक निर्माण कम्पनीका प्रतिनिधिलाई काममा फर्किन लिखित र मौखिक पत्राचार गरिएको भएपनि निर्माण कम्पनीले अनेकौं बहाना गरेर निर्माणबाट उम्किने प्रयास गरेको देखिन्छ। 

प्रतिकुल मौसम, कोरोना कहर, हिमपात र अन्य समस्या देखाएर रिङरोड निर्माणको काममा निकै विलम्ब गर्दै आइरहेको निर्माण कम्पनी मौसम अनुकुल भइसक्दा समेत काममा फर्किएको छैन। 

पछिल्लो पटक चालु वर्षको माघ महिनामा उपकरण र जनशक्तिसहित रिङरोड सडकको काम गर्ने लिखित पत्र पूर्वाधार विकास कार्यालय पठाएर आश्वास्त पारेको थियो। ४ पटक म्याद थप भइसक्दा समेत सडक निर्माणमा अन्योलता छाएको हो।
    
कृषि र पर्यटनका हिसाबले निकै महत्वपूर्ण मानिएको घरपझोङ  रिङरोड सडकले पालिका भित्रका गाउँहरु जोमसोम, ठिनी, ढुम्बा, चिमाङ, छैरो , स्याङ र मार्फा गाउँ जोडिन्छन्। २०७६ कात्तिक २१ गते एमएस बन्दना भगवती जलजला जेभी कन्ट्रक्सनले घरपझोङ रिङरोड सडक निर्माण गर्न २१ करोड ४३ लाख १३ हजार लागतमा ठेक्का सम्झौता गरेको थियो। 

पूर्वाधार विकास कार्यालयका प्रमुख अजय श्रेष्ठले रिङरोड सडकको पाँचौ पटकका लागि म्याद थप प्रक्रियामा रहेको जानकारी दिए। उनले रिङरोड सडकको पछिल्लो भौतिक प्रगति ६१ प्रतिशत रहेको र निर्माण कम्पनीले काममा फर्किन ताकेता गरिएको बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.