तिलोत्तामा गोल्डकपको पुरस्कारमा वृद्धि

तिलोत्तामा गोल्डकपको पुरस्कारमा वृद्धि

बुटवल : मोफसलकै पुरानो फुटबल प्रतियोगितामध्येको एक ‘तिलोत्तमा गोल्डकप’ फागुनको अन्तिम सातादेखि सुरु हुने भएको छ। रूपन्देही जिल्ला फुटबल संघको आयोजनामा २०औं तिलोत्तमा गोल्डकप फुटबल प्रतियोगिता फागुन २४ गतेदेखि एन्फा टेक्निकल खेलमैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा १६ वटा टोलीको सहभागिता रहनेछ।

मनाङ मस्र्याङ्दी, थ्रीस्टार, त्रिभुवन आर्मी, नेपाल पुलिस, जाउलाखेल युथ, एपीएफ, पोखरा-११, रूपन्देही, धरान, सिक्किम-११ भारत, भुटान क्लब, दार्जिलिङ—११, सरस्वती क्लब, हिमालयन शेर्पा, संकटा क्लब र एफडब्लूसी सुदूरपश्चिमसहित १६ वटा क्लब प्रतियोगितामा सहभागी हुनेछन्। प्रतियोगिताको विजेताले सात लाख ७७ हजार सात सय ७७ रुपैयाँ पुरस्कार पाउनेछ।

उपविजेता टोलीको पोल्टामा चार लाख ४४ हजार चार सय ४४ रुपैयाँ पुरस्कार पर्ने जानकारी जिल्ला फुटबल संघ रूपन्देहीका अध्यक्ष दीर्घबहादुर केसीले दिए।

प्रतियोगिता सम्पन्न गर्न ८६ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल तथा उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट प्रशिक्षकलाई पनि जनही २१ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने केसीले बताए। बुटवल उपमहानगरपालिकाले स्थापना गरेको गोल्डकप पछिल्लो समय रूपन्देही फुटबल संघले आयोजना गर्दै आएको छ।

प्रतियोगिताका लागि उपमहानगरपालिकाले १० लाख रुपैयाँ सहयोग गरेको छ। २०३५ सालमा गोल्डकप सुरु भए पनि त्यसले निरन्तरता पाउन नसक्दा अहिले २०औं संस्करणमात्र पुगेको हो। १९औं गोल्डकपको उपाधि भने संकटा क्लबले जितेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.