मनाङको विजयी सुरुवात

मनाङको विजयी सुरुवात

हेटौंडा : तेस्रो टुबोर्ग हेटौंडा गोल्डकप फुटबल प्रतियोगितामा मनाङ मस्र्याङ्दीले विजयी सुरुवात गरेको छ । हेटौंडामा शनिबारदेखि सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा मनाङले एपीएफ क्लबलाई १-० गोलले हरायो । मनाङले सेमिफाइनलमा आर्मी र सुदूरपश्चिम-११ बीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

मनाङको जितमा २८औं मिनेटमा सुजल श्रेष्ठले पेनाल्टीको सदुपयोग गर्दै गरेको गोल नै निर्णायक बन्यो । एपीएफका सुरज गुरुङले मनाङका भिक्टरलाई लडाएपछि प्राप्त पेनाल्टीलाई श्रेष्ठले गोलमा परिणत गरेका थिए । एपीएफका अञ्जन विष्ट म्यान अफ दी म्याच घोषित भए । उनले पाँच हजार रुपैयाँ प्राप्त गरे ।

फागुन १२ गतेसम्म हेटौंडामा सञ्चालन हुने प्रतियोगितामा ‘ए’ डिभिजन क्लब थ्रीस्टार, मनाङ मस्र्याङ्दी, नेपाल पुलिस, आर्मी, एपीएफ, संकटासहित हेटौंडाको विजय युथ र सुदूरपश्चिम-११ को सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताका उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.