पहिलो मुसीकोट नगर कप भलिबल: चौरजहारी र पुथा उत्तरगंगालार्इ उपाधि (फोटोफिचर)

पहिलो मुसीकोट नगर कप भलिबल:  चौरजहारी र पुथा उत्तरगंगालार्इ उपाधि (फोटोफिचर)

रुकुम पश्चिमः हजारौँ दर्शको उत्साहजनक र उल्लेख्य उपस्थितिबीच रुकुम पश्चिमको सदरमुकाम मुसीकोटस्थित बराहटाकुरा खेल मैदानमा पहिलो नगर कप आइतबार सम्पन्न भएको छ । मुसीकोट नगरपालिकाको आयोजनामा अन्तर स्थानीय तहस्तरीय भलिबल प्रतियोगिताको विजेता बन्दै पुरुषतर्फको भलिबल प्रतियोगितामा चौरजहारी नगरपालिकाले उपाधि राखेको छ । महिलातर्फको भलिबल प्रतियोगितामा छिमेकी जिल्ला रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिकाले उपाधि उचाल्यो ।

फागुन १ गते उद्घाटन गरिएको नगर कपको भलिबल खेलमा पुरुषतर्फ जम्मा नौ टिमले भाग लिएका थिए भने महिला तर्फको भलिबल प्रतियोगितामा सात टिमले भाग लिएका थिए । पुरुषतर्फको भलिबल प्रतियोगितामा चौरजहारी नगरपालिकाको टिम प्रथम हुँदा रुकुम पश्चिमको आठबीसकोट नगरपालिकाको टिम दोस्रो तथा त्रिवेणी गाउँपालिकाको टिमले तेस्रो स्थान हासिल गरेका थिए ।

त्यस्तै महिलातर्फको भलिबल प्रतियोगितामा रुकुम पुर्वको पुथा उत्तरगंगा गाउँपालिका प्रथम, सिस्ने गाउँपालिकाको टिम दोस्रो र रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाको टिमले तेस्रो स्थान हासिल गरेका थिए । जिल्लामा पहिलोपल्ट आयोजना गरिएको यस नगर कप अन्तरगत भलिबल प्रतियोगितामा महिला तथा पुरुष तर्फको प्रथम हुने टिमलाई ५१ हजार, दोस्रो हुने टिमलाई ३१ हजार र तेस्रो हुने टिमलाई २१ हजार नगद प्रदान गरिएको थियो ।

नगद पुरुस्कारका साथै विजयी टिम तथा खेलाडीलाई जिल्ला समन्वय समिति रुकुम पश्चिमका प्रमुख राजकुमार शर्माले मेडल र प्रमाण–पत्र प्रदान गरेका थिए । पहिलो नगर कपमा भलिबल प्रतियोगिताका साथै अन्तर माध्यामिक विद्यालयस्तरीय हाजिरी जवाफ प्रतियोगिता, खुला लोकदाहोरी प्रतियोगिता र खुला भाले तान्ने प्रतियोगिताको पनि आयोजना गरिएको थियो । नगर कपलाई अगामी वजर्षहरुमा पनि नियमितता दिने र थप व्यवस्थित गर्दै समेत लैजाने मुसीकोट नगरपालिकाले बताएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.