रियल मड्रिडको प्रभावशाली जित

रियल मड्रिडको प्रभावशाली जित

काठमाडौं : स्पेनिस ला लिगा अन्तरगत आइतबारको रोमाञ्चक खेलमा डिफेन्डिङ च्याम्पियन रियल मड्रिड जित निकाल्न सफल भएको छ । सिजनको सुरुदेखि नै राम्रो प्रदर्शन गर्न नसक्दा उपाधि होडमा पछिपरिरहेको रियल मड्रिडले रियल बेटिसलाई ५-३ ले हराएको हो ।

रियल बेटिसको घरेलु मैदानमा भएको खेलमा रियलको जितकालागि मार्को एसेन्सिओले २ गोल गरे, भने क्रिस्यिानो रोनाल्डो, रामोस र करिम बेन्जिमाले एक-एक गोल गरे ।

रियल बेटिसका लागि सर्जियो लियोन र एइसा मान्डीले एक-एक गोल गरे । एक गोल भने रियल मड्रिडका डिफेन्डर नाचोले आत्मधाती गोल गर्दा उपहारस्वरुप पाएको थियो ।

११ मिनेटमा एसेन्सिओको गोलबाट रियल मड्रिलले खेलमा अग्रता बनाएकोमा बेटिसका लागि ३३ औं मिनेटमा मान्डीले बराबरी गोल गरेका थिए।

real-madrid_2

३७ मिनेटमा नाचोले आत्मधाती गोल गरेपछि बेटिसले २-१ को अग्रता बनाएको थियो । पहिलो हाफमा १ गोलले पछि परेको रियल मड्रिडलाई ५० मिनेटमा रोमोसले गोल गरी बराबरीमा पुर्‍याए । ५९ मिनेटमा एसेन्सिओले व्यक्तिगत दोस्रो गोल गरी पुन रियल मड्रिडलाई अग्रता दिलाए ।

६५ औं मिनेटमा रोनाल्डोले गोल गरी अग्रता दोब्बर बनाए । रियल बेटिसका लागि ८५ मिनेटमा लियोनले गोल गरे पनि खेलमा फर्कन भने सकेन । अतिरिक्त समयमा रियल मड्रिडका करिम बेन्जिमाले गोल गरी टोलीका लागि ५-३ जित पक्का गरे ।

जितपछि पनि रियल मड्रिड २३ खेलबाट ४५ अंकसहित चौथो स्थानमै सीमित भएको छ । समान २४ खेलबाट ६२ अंक रहेका बार्सिलोना, ५५ अंक रहेको यथ्लेटिको मड्रिड र ४६ अंक रहेको भ्यालेन्सिया क्रमशः पहिलो, दास्रो र तेस्रो स्थानमा रहेका छन् ।

ला लिगाका आइतबारका अन्य खेलमा रियल सोसिडाडले लेभान्टेमाथि ३-० र यथ्लेटिको मड्रिडले यथ्लेटिक बिल्बाओमाथि २-० को जित निकाले भने स्पानियोल र भिल्लारियलले १-१ को बरारबी खेले


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.