पुलिसको सहज जित

पुलिसको सहज जित

हेटौंडा : तेस्रो टुबोर्ग हेटौंडा गोल्डकपमा नेपाल पुलिस क्लबले प्रभावशाली जित निकालेको छ। वनविज्ञान खेलमैदानमा आइतबार भएको खेलमा पुलिसले घरेलु टोली विजय युथ क्लबलाई ३-० गोलले हराउँदै सेमिफाइनलमा स्थान बनायो।

पुलिसको जितमा अभिषेक रिजालले दुई तथा रवि पासवानले एक गोल गरे। अभिषेकले ११ र ४०औं मिनेटमा गोल गर्दै पहिलो हाफमै पुलिसको अग्रता दोब्बर बनाए। रविले ५९औं मिनेटमा गोल गरेका थिए। ८१औं मिनेटमा विजय युथका रक्षक मनोज विष्ट रातो कार्ड पाउँदै बाहिरिएपछि टोलीले थप दबाब झेलेको थियो।

पुलिसका खेलाडीलाई हातपात गर्न खोजेपछि मनोजलाई रेफ्रीले रातो कार्ड देखाएका थिए। सुमन भोम्जन स्मृति खेलकुद प्रतिष्ठानको आयोजनामा सञ्चालित प्रतियोगितामा पुलिसले फाइनल प्रवेशका लागि थ्रीस्टार र संकटाबीचका विजेतासँग प्रतिस्पर्धा गर्नेछ। खेलपछि पुलिसका प्रशिक्षक अनन्तराज थापाले राम्रो ‘टिमवर्क’को कारण जित सम्भव भएको बताए। हेटौंडाका प्रशिक्षक सुविन घिमिरेले रक्षकको कमजोरीले हार खेपेको बताए। सोमबार त्रिभुवन आर्मी र सुदूरपश्चिम-११ बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट विधाका गोलरक्षक, रक्षक, मिडफिल्डर, स्ट्राइकर र प्रशिक्षकले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ। फागुन १२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा तीन विभागीयसहित आठ टोलीको सहभागिता रहेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.