एपीएफले उचाल्यो प्रधानमन्त्रीकप अन्तराष्ट्रिय महिला भलिबलको उपाधि

एपीएफले उचाल्यो प्रधानमन्त्रीकप अन्तराष्ट्रिय महिला भलिबलको उपाधि

नेपालगन्ज : पाँचौं प्रधानमन्त्रीकप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधि शसस्त्र प्रहरीको एपीएफ क्लबले उचालेको छ । गतवर्ष उपाधिका लागि भारतको रेलवेसँग हाल बेहोरेको एपीएफले यसवर्ष भने उपाधि चुम्न सफल भएको छ ।

बाँके जिल्ला भलिबल संघको आयोजनामा भएको लिग कम नकआउट प्रतियोगिताको सुरुवातदेखि नै विजय यात्रा सुरु गरेको एपीएफले घरेलु टोली शिवम् न्यु डायमण्डलाई हराउँदै उपाधि जितेको हो । सोमबार नेपालगन्जको महेन्द्र रंगशालाको कभर्ट हलमा भएको फाइनल खेलमा एपीएफले न्यु डायमण्डमाथि कठिन जित निकालेको छ । सुरुमा एपीएफमाथि नै हावी भएको न्यु डायमण्डले प्रदर्शनलाई निरन्तरता दिन नसक्दा उपाधिको लक्ष्यबाट चुकेको हो ।

उपाधि भिडन्तमा एपीएफले शिवम् न्यु डायमण्ड एकेडेमीमाथी ३–२ को कठिन जित निकालेको छ । शिवम् न्यु डायमण्डले पहिलो सेटमा २५–१२ सहज जित निकाल्दै राम्रो सुरुवात गरेको थियो । तर दोश्रो र तेश्रो सेटमा खेलमा फर्कदै एपीएफले २५–२१ र २५–१६ को जित निकाल्दै २–१ को अग्रता बनाएको थियो । चौथो सेटमा शिवम् न्यु डायमण्डले पुनरागमन गदैे २५–२१ ले आफनो नाममा गर्दै खेललाई २–२ को बराबरीको अवस्थामा पुर्याएको थियो । निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको अन्तिम सेटमा भने दुइ पटक शिवम न्यु डायमन्ड म्याच प्वाइन्टमा पुगेर चुकेपछि खेल एपिएफले १९–१७ ले जित्यो ।
रोमाञ्चक बनेको फाइनलमा शिवम न्यु डायमन्डकी प्रतिभा मालीले एक्लैले ५४ अंक जोडेकी थिइन । तर टिमले भने उपाधि जित्न सकेन । त्यसै गरी मञ्जु गुरुडले १८ अंक बनाइन् । एपिएफकी सरस्वती चौधरीले ३६ अंक जोड्दा नेबिका चौधरीले २१ अंकको योगदान दिएकी थिइन् । प्रतियोगितामा एपिएफकी सरस्वती चौधरी उत्कृष्ट खेलाडी, प्रतिभा उत्कृष्ट स्पाइकर, न्यु डायमन्डकी सलिना श्रेष्ठ उत्कृष्ट लिबेरो, उत्कृष्ट सटर न्यु डायमन्डकै कृपा अधिकारी, उत्कृष्ट सर्भर एपिएफकी नेबिका चौधरी र उत्कृष्ट ब्लगरमा एपिएफकी हिरा केसी पुरस्कृत भएकी छन् ।

प्रतियोगिताको विजेता टोली एपिएफले सम्मान सहित नगद दुई लाख रुपैयाँ प्राप्त गरेको छ । यस्तै, उपविजेता न्यु डायमन्डले एक लाख र तेस्रो भएको नेपाल पुलिस क्लबले ५० हजार रुपैयाँ प्राप्त गरेको छ । बाँके जिल्ला भलिबल संघले आयोजना गरेको प्रतियोगिताको विजयी टोलीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशबकुमार विष्ट, नेपाल भलिबल संघका उपाध्यक्ष यामबहादुर गुरुङ, महासचिव जितेन्द्रबहादुर चन्द्, नेपालगन्ज नगरपालिका उपमेयर उमा थापा, सुशील कोइराला स्मृती प्रतिष्ठानका सदस्य सचिव अतुल कोइराला लगायतले पुरस्कारप्रदान गरेका थिए ।

फागुनको तीनदेखी सुरु भएको प्रतियोगिताको पहिलो टोलीको पुरस्कार शुसील कोइराला प्रतिष्ठानले प्रायोजन गरेको थियो । प्रतियोगितामा दुई विदेशी टोली सहित ६ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा नेपाल एपीएफ, शिवम न्यु डायमन्ड, नेपाल पुलिस क्लब, आयोजक न्यु इन्द्रेणी बागेश्वरी युथ क्लव, भारत देहरादुनको स्पोर्टस ट्रेनिज र बंगलादेशको इफाद गु्रप अफ महिला भलिबल टोलीले प्रतिस्पर्धा गरेका थिए ।

दुई पटकको विजेता रेलवेले भने आन्तरिक प्रतिस्पर्धाका कारण आफ्नो सहभागिता जनाउन सकेको थिएन । यस्तै, आयोजकले आगामी वर्षदेखि प्रतियोगिताको क्षेत्र विस्तार गर्ने बताएको छ । महिला भलिबललाई स्थापीत गर्नमा महत्वपूर्ण भूमिका खेलेको प्रधानमन्त्रीकप पूर्व प्रधानमन्त्री स्वर्गिय शुशिल कोइरालालको सम्मानमा स्थापना भएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.