आठौं राष्ट्रिय खेलकुद : लोगो र नारा सार्वजनिक

आठौं राष्ट्रिय खेलकुद : लोगो र नारा सार्वजनिक

नेपालगन्ज : आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आवश्यक तयारी भइरहँदा बुधबार प्रतियोगिताको लोगो, मस्कट, नारा र गीत सार्वजनिक गरिएको छ । आगामी मंसिरमा नेपालगन्जमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुदको महत्वपूर्ण पाइलाका रूपमा लोगो, मस्कट र नारा सार्वजनिक गरिएको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव केशवकुमार विष्टले प्रतियोगिताको पहिचानका लागि निर्माण गरिएको लोगो र जनावरको चित्र अंकित मस्कट सार्वजनिक गरेका हुन् ।

‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ भन्ने नाराका साथ आठौं राष्ट्रिय खेलकुद—२०७५ नेपालगन्जमा आयोजना हुने जानकारी आयोजक मध्यपश्चिम खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले दिए । उनले प्रतियोगिताको महत्वपूर्ण कडीका रूपमा रहेको लोगो र मस्कट सार्वजनिक गरिएको उल्लेख गरे ।

आठौं राष्ट्रिय खेलकुदमा एसियाकै ऐतिहासिक हात्तीको छावालाई मस्कटका रूपमा राखिएको छ । हात्तीको छावाले ओलम्पिक दीप समाउँदै दौडिरहेको मस्कटले समग्र मध्यपश्चिम क्षेत्रको पहिचानको काम गरेको आयोजकले जनाएको छ । बर्दियामा पाइने एसियाकै ठूलो हात्तीको पहिचान गराउन र खेलकुदको माध्यमबाट संरक्षणका लागि मस्कटमा हात्तीको छावा चित्र अंकित गरिएको हो ।

यसैगरी लोगोमा नेपालको राष्ट्रिय झन्डा, स्वयम्भूका आँखा, बौद्ध जन्मस्थल लुम्बिनी, बर्दिया राष्ट्रिय निकुञ्जको गेट, सातवटा प्रदेशका प्रतीकका रूपमा सात रङका प्वाँखसहितको परेवा रहेको छ । प्रतियोगिताको तयारी तीव्र रूपमा भइरहेको आयोजकले जनाएको छ । सदस्यसचिव विष्टले यस प्रतियोगिताले नेपालगन्जलाई स्पोर्ट्स सिटीका रूपमा पहिचान दिलाउने विश्वास व्यक्त गरे ।

‘यो प्रतियोगिता मध्यपश्चिम क्षेत्रकै ऐतिहासिक कडी हो, यसलाई भव्य तरिकाले सम्पन्न गर्नेछौं,’ उनले भने, ‘छैटौं प्रतियोगितापछि सुदूरपश्चिमको खेल जगत मौलाएको थियो, आठौंपछि मध्यपश्चिम पनि खेल क्षेत्रमा निकै अब्बल सावित हुनेछ ।’ उनले खेलक्षेत्रको विकासका लागि स्थानीय सरकार र केन्द्रीय सरकार दुवै गम्भीर हुनुपर्ने धारणा पनि व्यक्त गरे । ‘जतिसुकै योजना बनाए पनि खेल क्षेत्रलाई उपेक्षा गरिएको देखिएको छ,’ उनले भने, ‘खेलकुदको विकासबिना राष्ट्रले अन्तर्राष्ट्रिय स्तरमा पहिचान स्थापित गराउने सम्भावना नै हुँदैन ।’

उनले प्रतियोगिता सम्पन्न गर्न ४० करोड रुपैयाँ खर्च लाग्ने जानकारी दिए । अर्थ मन्त्रालयले खेलकुद परिषद्लाई दिएको ३० करोडमध्ये करिब १८ करोड रुपैयाँ नेपालगन्जमै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि खर्च भइरहेको बताए । साथै उनले आगामी वर्षसम्म खेल विकासका लागि डेढ अर्ब रुपैयाँ खर्च हुने समेत जानकारी दिए । उनले करिब एक अर्ब रुपैयाँ भौतिक संरचना निर्माण, खेल विकास, प्रतियोगिता आयोजनालगायत खेल विकासका लागि नेपालगन्जमै खर्च हुने उल्लेख गरे ।

कुल ३५ वटा खेल समावेश गरिने आठौं राष्ट्रिय खेलकुद बाँके, बर्दिया र दाङको तुलसीपुरमा हुनेछन् । ८० प्रतिशत प्रतियोगिताहरू नेपालगन्जमा तथा दाङ र बर्दियामा १०÷१० प्रतिशत खेल हुने आयोजकले जनाएको छ । करिब १० हजार दर्शकलाई एकै दिन हेर्न सकिने गरी नेपालगन्ज रंगशालालको पुनर्निर्माण कार्य पनि जारी छ । प्रतियोगिताको उद्घाटन राष्ट्रपतिबाट हुनेछ ।

यसैगरी नेपालमै पहिलो भलिबल स्टेडियमको शिलान्यास बुधबार बिहान खजुरा गाउँपालिकालको सीतापुरमा भएको छ । आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भलिबल खेलाउने स्टेडियमको निर्माणकार्य ६ महिनाभित्र सम्पन्न हुने बताइएको छ । यसैगरी आठौं राष्ट्रिय खेलकुददेखि खेलाडीको दैनिक भत्तासमेत बढाइएको बताइएको छ । पहिले एक हजार चार सय रुपैयाँ पाउँदै आएका खेलाडीले यस प्रतियोगितामा दैनिक दुई हजार नौ सय रुपैयाँ र सोहीअनुसार सेवासुविधासमेत वृद्धि हुने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.