सूर्यविनायक च्याम्पियन

सूर्यविनायक च्याम्पियन

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका भक्तपुरमा मंगलबार सम्पन्न अन्तरनगर मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि जितेको छ । भक्तपुर नगरपालिकाद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कैलालीको गोदावरी नपालाई ३-१ सेटमा पन्छायो । सूर्यविनायकले २३-२५, २५-२३, २५-२३, २५-१५ को जित निकालेको थियो । उपाधिसँगै सूर्यविनायकले एक लाख ५१ हजार रुपैयाँ पुरस्कार पायो । उपविजेता गोदावरीले ७५ हजार रुपैयाँमा चित्त बुझायो।

प्रतियोगितामा सूर्यविनायक चित्रबहादुर केसी मोस्ट भ्यालुयबल खेलाडी र उत्कृष्ट सर्भर बन्न सफल भए । सूर्यविनायकलाई उपाधि जिताउन योगदान गरेका उनले १० हजार रुपैयाँ पाए । सूर्यविनायकका उत्सव खड्का उत्कृष्ट सेटर र कमल सुनार उत्कृष्ट ब्लकर भए । गोदावरीका तारा भट्ट उत्कृट स्पाइकर र विनोद चन्द उत्कृष्ट डिफेन्डर घोषित भए ।

उत्कृष्ट सबैले जनही पाँच हजार रुपैयाँ हात पारे ।

प्रतियोगिताकै दाबेदार मानिएको ललितपुर महानगरपालिका चौथोमा सीमित हुन पुग्यो । नेपाली भलिबलका राष्ट्रिय कप्तान इम रानामगरको नेतृत्वको ललितपुर लिगमा हराएको रूपन्देहीको तिलोत्तमा नगरपालिकासँग ३-० को सोझो सेटमा पराजित भयो । तेस्रो भएको तिलोत्तमाले ३० हजार र ललितपुरले २० हजार रुपैयाँ पुरस्कार पाए । प्रतियोगितामा देशभरका २१ नगरपालिकाको सहभागिता रहेको थियो ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.