गृह मन्त्रालयको विषयमा नेकपा एकीकृत समाजवादीका प्रवक्ता यसो भन्छन्

गृह मन्त्रालयको विषयमा नेकपा एकीकृत समाजवादीका प्रवक्ता यसो भन्छन्
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादी पार्टीले राष्ट्रपति निर्वाचनमा कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मत हाल्ने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकले आठ दलका साझा उम्मेदवारसमेत रहेका पौडेललाई मतदान गर्ने निर्णय भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

उनले बैठकले एकमात्र निर्णय गरेको बताए। उनले सरकारमा सहभागी हुने विषयमा अहिल्यै कुनै छलफल नभएको बताए। सञ्चारकर्मीको प्रश्नमा उनले भने, 'अहिल्यै पार्टीमा सरकारमा सहभागी हुने विषयमा छलफल भएन। त्यो समय आएपछि अवश्य यस विषयमा छलफल हुनेछ।' 

नेकपा एसले गृहमन्त्री पाउने सहमति भएकोबारे सोधिएको प्रश्नमा उनले यस खालको विषयमा कुनै छलफल नभएको स्पष्ट पारे। 'तपाइँहरूले चाहिँ हामीले गृहमन्त्रालय पाइदिए हुन्थ्यो भन्ने लागेको जस्तो देखियो,' उनले भने। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.