माघमा महाधिवेशन, पार्टी सदस्य १ लाख पुर्‍याउने नेकपा एसको लक्ष्य

माघमा महाधिवेशन, पार्टी सदस्य १ लाख पुर्‍याउने नेकपा एसको लक्ष्य
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले स्थायी कमिटी बैठकमा पार्टी तथा संगठन विस्तारमा नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

बैठकमा वर्तमान परिस्थितिमा पार्टीले ध्यान दिनुपर्ने समसामयीक विषयहरू लिखितरुपमा पेश गर्दै खनालले सैद्धान्तिक र नीतिगत सवालमा एमाले भन्दा भिन्न पार्टी देखाउनुपर्ने र पार्टी तथा सङ्गठन विस्तार गर्नुपर्ने भन्दै नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

ठूलो संख्यामा विद्रोह गरेर अघि आएका नेता–कार्यकर्ताहरू वैचारिक–सैद्धान्तिक भिन्नता नदेखेर एमालेमा फर्किने क्रम देखिएकाले गम्भीर समीक्षा हुनुपर्ने खनालको भनाइ छ । उनले वैचारिक तथा संगठनात्मक दुवै क्षेत्रबाट देखिएका कमजोरीलाई हटाएर पार्टीलाई एउटा सबल, सशक्त र धारिलो क्रान्तिकारी जगमा उभ्याउनुपर्ने समेत उल्लेख गरे । 

स्थायी कमिटी बैठकमा भाद्रमा हुने केन्द्रीय कमिटीमा पेश हुने विभिन्न राजनीतिक,संगठनात्मक प्रतिवेदन लगायतका विषयमा सुझाव लिइएको नेकपा एकीकृत समाजवादीका नेता गंगालाल तुलाधरले जानकारी दिए।

एकीकृत समाजवादीले आगामी माघ महिनामा अधिवेशन गर्ने प्रस्ताव गरेको र महाधिवेशनमा प्रस्तुत हुने सम्पूर्ण दस्तावेजलाई सचिवालयदेखि केन्द्रीय कमिटीले समृद्ध बनाउने उनले बताए ।

तुलाधरले सचिवालय, स्थायी कमिटी र पोलिट्व्युरो बैठकमा धारणा राख्नेहरुले केन्द्रीय कमिटीमा धारणा राख्न नपाउने व्यवस्था गरिएकाले बैठक केहि लामो भएको जानकारी दिए।

तुलाधरले माघको दोस्रो साता पार्टीको महाधिवेशन गर्ने र त्यसअवधिसम्म १ लाख सदस्य बनाउने लक्ष्य पुरा गर्नेगरि अघि बढेको उल्लेख गरे। उनले सदनलाई सहज रुपमा अघि बढाउने र प्रभावकारी बनाउनका लागि पार्टीको भूमिकाका बारेमा पनि बैठकमा कुराकारी भएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.