एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि चयन २२ गतेभित्रै

एकीकृत समाजवादीको महाधिवेशन प्रतिनिधि चयन २२ गतेभित्रै
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीले आगामी महाधिवेशनका लागि आगामी बैशाख २२ गतेभित्र प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ। 

पार्टी कार्यालय आलोकनगरमा बिहीबार बसेको सचिवालय बैठकले आगामी महाधिवेशनका निम्ति २०८१ वैशाख १५ देखि २२ गतेसम्म प्रतिनिधि चयन गर्ने निर्णय गरेको हो। त्यसका लागि आगामी चैत मसान्तसम्म पार्टी सदस्यता नविकरण, अध्यावधि, विस्तार गरिसक्ने निर्णय भएको समाजवादीले जनाएको छ। 

बैठकले आगामी फागुन मसान्तसम्म दस्तावेज तयार गर्ने र आगामी महाधिवशेनमा कामका आधारमा (सदस्यता, नवीकरण, संगठन विस्तार आदी) १० जिल्लालाई सम्मानित गर्ने निर्णय गरेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

त्यस्तै माघ २५ देखि चैत २५ सम्म संगठन सुदृढीकरणको अभियान सञ्चालन गर्ने समाजवादीले जनाएको छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.