मन्त्री ज्वालाको विषयमा प्रतिवेदन सार्वजनिक भएपछिमात्रै नेकपा एसले धारणा तय गर्ने

मन्त्री ज्वालाको विषयमा प्रतिवेदन सार्वजनिक भएपछिमात्रै नेकपा एसले धारणा तय गर्ने
सुन्नुहोस्

काठमाडौं : नेकपा एकीकृत समाजवादीले पार्टीका तर्फबाट मन्त्री भएका प्रकाश ज्वालाको विषयमा छानविन समितिको प्रतिवेदन सार्वजनिक भएपछि धारणा तय गर्ने जनाएको छ।

बिहीबार पार्टी कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले बालकुमारी घटनाको प्रतिवेदन प्रधानमन्त्रीले बुझेको तर सार्वजनिक नभएको अवस्थामा सार्वजनिक भए पनि मात्रै पार्टीको धारणा तय गर्ने निष्कर्ष निकालेको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। 

बालकुमारी घटना श्रम मन्त्रालयसँग सम्बन्धित रहेको, गोली हान्न आदेश दिने गृहमन्त्रालय भएको भन्दै उहाले प्रतिवेदनमा कसलाई कुन कारणले दोषी देखाइएको भन्ने पत्ता लाग्न नसकेको उनले बताए। प्रवक्ता खतिवडाले यस विषयमा आन्तरिकरूपमा छलफल भए पनि प्रतिवेदनलाई पर्खने निर्णय रहेको जिकिर गरे।

बैठकमा समसामयिक विषय, पार्टीको आन्तरिक नीतिगत विषय र महाधिवेशन तयारीका बारेमा छलफल भएको उनले बताए। सचिवालय बैठक फागुन १४ गते पुन बस्ने उनको भनाइ छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.