नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार दाहाललाई मत दिने

नेकपा एकीकृत समाजवादीले राष्ट्रिय सभा अध्यक्षका उम्मेदवार दाहाललाई मत दिने

काठमाडौं : नेकपा एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्षका उम्मेदवार नारायण दाहाललाई मत दिने भएको छ। राष्ट्रिय सभामा बोल्दै नेकपा एसका नेता बेदुराम भुसालले अध्यक्षका उम्मेदवार दाहाललाई समर्थन गरी मतदान गर्न आग्रह गरेका छन्।

नेकपा एसले अघि सारेका मागहरूमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले लिखितरुपमा सहमति जनाएपछि मात्रै राष्ट्रिय सभा अध्यक्ष र विश्वासको मतमा सहयोग गर्ने जनाएको थियो। सोमबार बसेको पार्टीको संसदीय दलको बैठकले प्रधानमन्त्री प्रचण्डले लिखित रुपमा सहमति जनाएपछि मात्रै विश्वासको मत र राष्ट्रियसभा अध्यक्षमा सहयोग गर्ने निर्णय गरेको थियो।

नेकपा एकीकृतले प्रधानमन्त्री प्रचण्डसँग अघिल्लो कांग्रेससहितको गठबन्धनमा भएको सहमतिअनुसार माधव नेपालले कम्तिमा एक वर्ष प्रधानमन्त्री बन्नुपर्ने र संघदेखि प्रदेश सरकारसम्म पावर सेयरिङमा लिखित प्रतिवद्धता जनाउनुपर्ने माग गरेको थियो। पार्टीका मागमा  प्रधानमन्त्री दाहाल सहमत भएपछि नेकपा एस राष्ट्रियसभा अध्यक्ष र विश्वासको मत दिन तयार भएको हो। आज बिहान प्रधानमन्त्री दाहाल,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा एसका अध्यक्ष नेपालबीच सहमति जुटेको हो।

राष्ट्रियसभा अध्यक्षमा दुईजनाको उम्मेदवारी परेको छ। नयाँ गठबन्धनबाट माओवादी केन्द्रबाट दाहाल र नेपाली कांग्रेसबाट युवराज शर्माले उम्मेदवारी दिएका हुन्। एसले मत दिने भएपछि राष्ट्रिय सभा अध्यक्षमा दाहालको जित निश्चित भएको छ।

हाल राष्ट्रिय सभामा माओवादी १८, कांग्रेस १६, एमाले १०, एकीकृत समाजवादी ८, जसपा ३, लोसपा १, राष्ट्रिय जनमोर्चा १, स्वतन्त्र १ सदस्य छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.