समय

समय

समयबाहेक

अरू केही छैन अजम्बरी

अतीतका कन्तुरमा

चाङ लागेर बसेका बेलपत्रहरूसमेत

धमिलिँदै जाँदा रहेछन्

के मात्र सिकाएन

समयको पाठशालाले ?

जीवनमा

गहन अर्थ छ

चम्किरहेका ताराहरूको

उदाउँदो घाम

र, सरसराउँदो हावाको

सुसाइरहेको नदी

दर्किरहेको पानी

र, तप्किरहेको बलेसीको

नवजात शिशुको पहिलो रुवाइ

जननीको प्रसवपछिको पहिलो मुस्कान

आवेग, उल्लास र उमंगहरू...

शोकग्रस्त घरको उदास आँगन

बिछोडमा चल्ने नमीठो बतास

दुःख, सुस्केरा र उदासीहरू...

जीवनका अनमोल कडी हुनयी सबको आलेख हो समय

धर्ती र मान्छेलाई

सतत नियालिरहन्छ समय

समयसँग खेलवाड गर्नेसँग

समयले पनि खेलवाड गर्छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.