सौर्यमण्डल बाहिर नयाँ ग्रह

सौर्यमण्डल बाहिर नयाँ ग्रह

नासाले सौर्यमण्डलभन्दा बाहिर नयाँ ग्रह पत्ता लगाएको छ। नासाको नयाँ ग्रह खोज मिसनअन्तर्गत पत्ता लागेको यो ग्रह पृथ्वीभन्दा ठूलो छ। नासाका अनुसार त्यहाँ जीवनको सम्भावना पनि छ। सौर्यमण्डल बाहिर जीवनको सम्भावना देखिएको यो पहिलो ग्रह हो। यो ग्रह पृथ्वीभन्दा एक सय वर्ष टाढा छ। यो ग्रह अरू दुई ग्रहसँगै टीओआई ७०० नामक एक ताराको वरिपरि घुम्छ। यो ताराको आकार सूर्यभन्दा आधा कम छ।

अन्तरिक्ष यात्रीले नासाको एक विशेष किसिमको टेलिस्कोपको माध्यमले पत्ता लगाएका हुन्। उनीहरूले ग्रहमा जीवन सम्भाव्यताबारे थप अध्ययन गर्ने बताएका छन्।

यो ग्रहका विशेषता पृथ्वीमा बस्ने मानिसका लागि चित्त बुझ्ने छन्। यसले ३७ दिनमा टीओआई ७०० नामक एक ताराको परिक्रमा गर्छ। यसले पृथ्वीले सूर्यबाट पाउने ऊर्जाको ८० प्रतिशत मात्रा बराबर ऊर्जा पाउँछ।

यो ग्रहले ताराको परिक्रमा गर्दा एकतिर मात्र फर्कने अनुमान छ। यो अनुमान सही साबित भए यसको एक पाटोमा सधैं दिन मात्र हुनेछ। तर यहाँको मौसम भने भयानक हुने अनुमान गरिएको छ।

नयाँ ग्रह खोज्ने नासाको टेलिस्कोपलाई टेस नाम दिइएको छ। यसले अन्तरिक्षमा पृथ्वी आकारका ग्रह पत्ता लगाउन डिजाइन गरिएको हो।

अन्तरिक्ष यात्रीले टीओआई ७०० तारालाई पहिले धेरै तातो भएको सोचेका थिए। त्यसैले यहाँ जीवनको सम्भाव्यता नभएको अनुमान गरेका थिए। टेस टोलीसँग अनुसन्धान गरिरहेका टोलीले गल्ती भएको पत्ता लगाएको हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.