नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि

नेपालमा अर्का एक कोरोना संक्रमित थपिए : ६ जनामा पुष्टि

काठमाडौं : नेपालमा अर्का एक कोरोना संक्रमित थपिएका छन्।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकजनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ६ पुगेको हो । नयाँ संक्रमित चैत ४ गते कतारको दोहाबाट आएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

देवकोटाका अनुसार क्यूआर ६५२ को फ्लाइटमा दोहाबाट काठमाडौं आएकी अर्की महिलामा कोरोना पुष्टि भएको हो। उनका अनुसार यी महिलासमेत बागलुङकै हुन्। यसअघि यही विमानमा आएका दुईजनामा कोरोना पुष्टि भएको थियो। 

नेपालमा अहिलेसम्म ११ सय ८४ जनाको कोरोना परीक्षण भएको छ। मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा १६ सहित एक सय पाँचजना आइसोलेसनमा छन्।  बिहीबार मात्र ३९ जनाको कोरोना परीक्षण भएको हो। 

सरकारले बुधबारसम्म १ हजार १ सय ४५ जनाको मात्रै कोरोना परीक्षण गरेको थियो। जसमा ५ जनामा कोरोना पुष्टि भएको थियो। उपत्यका बाहिर धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १२ वटा नमुना परीक्षण भएको छ। 

पहिलो पटक चीनबाट नेपाल आएका पुरुषमा माघ ९ गते कोरोना पुष्टि भएको थियो। ति युवक उपचारपछि निको भइसकेका छन्। त्यसको दुई महिनापछि फ्रान्सबाट कतार हुँदै चैत ४ गते नेपाल आएकी १९ वर्षकी युवतीमा चैत १० गते कोरोना पुष्टि भएको थियो। दुईजनामा कोरोना पुष्टि भएपछि सरकारले चैत ११ गते लकडाउनको घोषणा गरेको हो।  

चैत १५ गते भएको स्वास्थ्य परीक्षणमा बेल्जियमबाट कतार हुँदै क्यूआर ६५२ नम्बरको उडानमा १७ मार्च (चैत ४ गते)  नेपाल आएकी बाग्लुङकी युवतीमा कोरोना पुष्टि भएको  थियो । 

संक्रमित मध्ये दुईको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचार भइराखेको छ ।  एकजनाको प्रादेशिक अस्पताल धनगढी र अन्य दुईजनाको बागलुङमै उपचार भइराखेको छ । 

२०३ देशमा कोरोना संक्रमण 
विश्वभर अहिलेसम्म दुई सय ३ देशमा कोरोना फैलिएको छ। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार संक्रमितको संख्या नौ लाख भन्दा माथि पुगेको छ। संक्रमितमध्ये दुई लाख उपचारपछि निको भएर घर फर्किएका छन् ।   

कोरोना पुष्टि भएकामध्ये ६ लाख ९४ हजार ३ सय ४३ जनाको उपचार भइरहेको छ। कोरोनाकै कारण मृत्यु हुनेको संख्या भने ४८ हजार नाघिसकेको छ । इटालीमा १३ हजार बढीको मृत्यु भएको छ भने स्पेनमा ९ हजार ३ सय ८७ जनाको मृत्यु भएको छ। 

सबैभन्दा धेरै संक्रमित रहेको अमेरिमामा ५ हजार १ सय १० को मृत्यु भएको छ। फ्रान्समा ४ हजार, चीनमा ३ हजार ३ सय १२, इरानमा ३ हजार ३६, बेलायतमा अहिलेसम्म २ हजार ३ सय ५२ जनाको मृत्यु भएको छ । 

छिमेकी देश भारतमा मात्र कोरोनाका कारण ५८ जनाको मृत्यु भएको छ भने दुई हजार ३२ संक्रमित छन् । पछिल्लो २४ घण्टामा ३४ जनामा संक्रमण देखिएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.