कोरोनाको सामाजिक असर

कोरोनाको सामाजिक असर

संकटको घडीमा नागरिकको स्वास्थ्य कसरी जोगाउने भन्ने एकसूत्रीय अभियानसहित सरकार मितव्ययी बनेर राज्यसञ्चालनमा केन्द्रित हुन जरुरी छ


नेपालीमा एउटा कथन छ —अनिकालमा बीउ जोगाउनु आपतकालमा जिउ जोगाउनु। हाम्रा पुर्खाहरूले आफ्ना अनुभवबाट रचेर यस्ता थुप्रै भनाइ हामीलाई निधिको रूपमा दिएर गए। इतिहासको कालखण्डमा हाम्रा पूर्वपुस्ताले त्यस्ता आपतकाल कति देखे÷भोगे होलान्। त्यही अनुभवका आधारमा यस्ता कथन रचेर पछिल्लो पुस्तालाई हस्तान्तरण गरेको हुनसक्छ। यति कुरा निश्चित छ, यो संसार हाम्रो वसमा छैन। त्यसैले हिन्दुहरूले प्रकृतिलाई देवी र उनी महान् शक्तिशाली भनी उनको हरेक रूपको मूर्ति निर्माण गरी पूजाआजा गरेका हुन्। मृत्युले न बूढो भन्छ न नाबालक, न तरुनो न त गरिब र धनी। विज्ञानले जतिसुकै बल गरे पनि यदाकदा हुने मानवविरुद्घका यस्ता प्रकोपबाट हुने संहारलाई रोक्न कठिन परेको छ। त्यसैले होला हिन्दु संस्कृतिमा दादुरा र माईको प्रकोप हुँदा शीतला माई भनी भारत र नेपालमा देवी स्थापना गरी प्राचीनकालदेखि पूजा गर्दै आएका उदाहरण छन्। आज कोरोनाले ठूलाठूला विकसित राष्ट्रलाई पनि हल्लाएर हम्मेहम्मे पारेको छ। संसारभर एकैचोटी यस्तो रूढीबुढी आउनु भनेको विचित्र हो।

अहिलेको दुनियाँ अब सबै कुराले स्थिर छ। भोलि विश्व अर्थतन्त्रको अवस्था के हुने हो अन्यौल छ। हवाई यातायात रोकिएका छन्। मानिसको आवतजावत बन्द छ। उद्योग व्यवसाय ठप्प छन् लकडाउनकै कारण। मानिस रोजगारीविहीन भएका छन्। नेपाली युवाको ठूलो जमात काम गर्न विदेश गएको थियो, त्यो समूह स्वदेश आएर रोजगारीविहीन बन्दैछ। त्यो समूहको परिवारको अवस्था भोलिका दिनमा के होला ? सरकारलाई वैदेशिक रोजगारबाट आउने विप्रेषण राशी पनि निक्कै घट्नेछ। एक मानिस अर्को मानिसँग संगत गर्न डराउनुपर्ने स्थिति छ। हिजो आफन्तलाई एकदुई दिन भेट नहुँदा आत्तिाने अवस्था हुन्थ्यो भने आज उनीहरूले तिम्रो घर आउँछु है भन्दा भो नआइज भन्नुपर्ने अवस्था छ। छिमेकीले माया गरी केही दियो भने कोेरोना सर्ने डरले नदेऊ भनेर हात जोर्नुपर्ने स्थिति छ। यतिखेर मानिस सबै कुरा छाडेर आफू र आफ्नो परिवारको प्राणरक्षाको प्रयासमा छ।

एकजना परिचितले अमेरिकाबाट फोन गरेर सुनाए। उनको छिमेकी जो पूर्वी नेपालको वासिन्दा नै हुन् र हाल अमेरिकामा बसोवास गर्छन्। उनी त्यहाँ गाडी लिएर डिपार्टमेन्ट स्टोरमा आलु किन्न भनी गएछन्। आलु लिएर आएपछि तरकारी पकाएर खाएको भोलिपल्ट उनलाई ज्वरो आएछ र जचाउन जाँदा कोरोना संक्रमित भइसकेका पुष्टि भएछ। त्यसपछि उनको परिवारमा पनि त्यो संक्रमण हुन पुगेछ। उनको दोष भनेको आफंै गाडी चलाएर गई आलु ल्याएर पकाएर खानु थियो। त्यत्तिाले संक्रमण हुन गयो। त्यो सुन्दा त डर मान्नुपर्ने भयो। भनिन्छ, कतिलाई यो संक्रमण भएको हुन्छ तर थाहा छैन। संक्रमण भएको व्यक्तिमा कुनै असर नदेखिएरै पनि अरूलाई सर्न सक्छ। कसैलाई थाहा नपाई संक्रमण हुने र स्वयं निको भएका पनि छन्। यसले कसैलाई अप्ठेरो पारेको छ भने कतिले सहजै पचाएका पनि छन्। जोसँग सहनसक्ने शक्ति छैन वा ‘एम्युन’ गर्ने तागत हँुदैन उसले एकान्तवासमा कठिनाइका साथ श्वास फेरेर मर्नुपर्ने हुनसक्छ। इटालीमा कतिले आफ्ना प्रियजनसँग आइसोलेसन वार्डबाटै डाक्टरको माध्यमबाट अन्तिम बिदाइ मागेको दुःखान्त घटना सुन्नमा आयो।

अरू मुलुकमा कोरोना फैलिएको करिब दुई महिनापछि मात्र नेपालमा देखापरेको हो। अब यसको असर कुन अवस्थामा र कसरी जाला त्यो हेर्न बाँकी छ। भरसक नियन्त्रित हुनसके हाम्रोजस्तो गरिब÷ गरिबी भएको मुलुकका लागि ठूलो राहत हुने थियो। गुनासो एउटै कुराको छ, त्यो हो हामी नेपाली बेलाबेलामा दुर्दिन आउँछ भनेर कहिल्यै सजग भएनौं। २०७२ मा भूकम्प आयो। हामीसँग केही साधन थिएन। पाल र राहतको सामान जुटाउँदै गर्दा एक वर्ष बित्यो। राहत छेपाराको कथा नै बन्यो। जाडोमा छेपाराले राती थरथर कामेको बेलामा भोलि त एउटा न्यानो गुँड जसरी पनि बनाउँछु भन्छ रे तर उसको गुँड कहिले पनि बन्दैन भन्ने आहान छ। भूकम्पमा मर्ने मरे, दुःख भोग्नेले भोगे। कतिले कुनै सहयोग नपाए पनि समय बित्तौ जाँदा तिनका ती कष्ट स्वयं धमिलिँदै र बिर्सिइँदै गए। कति त अझै पनि थोत्रा पालमुनि बस्न विवस छन्। पहुँच पुग्नेले राहत पनि थपीथपी, सस्तो ब्याजको ऋण उपरीमाथि थुपरी पाएकै हुन् तर नहुनेका लागि फेरि केही भएन।

आम नागरिकले पनि कोरोना भाइरसबाट मुलुकलाई मुत्ताm गर्न देखावटी रूपमा यसको पालना नगरी वास्तविक लकडाउनमा बसी आफू, आफ्ना छिमेकी, समाज अनि मुलुकलाई नै सहयोग गर्न जरुरी छ।

हामी काम थोरै गर्दछौं तर हल्ला बढी। अहिले पनि कसैलाई कोरोनाले मार्ने डर छ, कसैलाई मरिने डर छ, कसैको कोरोनाको कहरलाई भजाएर अकुत कमाउने दाउ छ। भनिन्छ, मानिस जब कसैको मलामी भएर घाटमा जान्छ जब मृतकको शरीर ह्वारह्वारी जलेको देखेपछि क्षणभरको निम्ति भावुक भएरै पनि आध्यात्मिक बन्छ। उसमा यो जीवन केही रहेनछ भन्ने चिन्तन पलाउँछ। तर यो मुलुकमा केही यस्ता प्रकृतिका मानिस रहेछन् जो कहिल्यै परिवर्तन हुन सकेनन्। तिनको संस्कारमा कुनै परिवर्तन आउन सकेन। राणाकाल होस् या पञ्चायत, कांग्रेसकाल र अहिलेको वामपन्थी कालसम्म पनि राज्यको स्रोत दोहन मात्र गर्ने क्षमताधारी गज्जबका रहेछन्। यो वर्ग त यस मुलुकको कोरोना भन्दा पनि बलियो नमर्ने, नजल्ने, नगल्ने, नसेलाउने, नहराउने, नसड्ने भाइरस रहेछन्। इतिहासको कुनै पनि कालखण्डमा यस्ता गिरोहको पकड कायम रहनु एउटा अध्ययनको विषय हो।

२००७ साल आयो, ०४६ आयो अनि २०६३ पनि आयो कुनै क्रान्ति, आन्दोलन र नारा जुलुसले यिनलाई मुलुकबाट हटाउन सकेन। जहिले पनि व्यवस्थापिच्छेको खोल ओडेर आफ्नो उपस्थिति देखाइ नै रहन्छन्। पशुपति आर्यघाटदेखि आम मानिसले खाने चामल, दाल, नुनमसला, तरकारी र औषधिलगायत मानव तस्करी सबै यिनैको पकडमा रहेको देखिन्छ। कोरोनाको बिरामीको उपचारमा पनि यिनकै बलियो पकड देखियो। यसको अर्थ यो मुलुकमा कुनै दैवी शक्तिको दृष्टि परेमा वा उत्तार तथा दक्षिण छिमेकी मुलुकले कडा कदम स्वयं उनकै मुलुकमा चलाए हामीले बाँच्न पाउने आशा पलाउन सक्छ। अन्यथा डाक्टरले लगाउने जुन सुरक्षाका कपडा हुन् वा त्यसको ठाउँमा महिलाले लगाउने गाउन ल्याएको भरमा उपचार गर्दा न डाक्टरको ज्यान बच्नेछ न त बिरामीको। हामीकहाँ कुनै सामान खरिद गर्नु परेमा सरकारको काम कहिले जाला घाम चरितार्थ हुन्छ नै। पहिले त तेरा मान्छेले किन्ने कि मेरा मान्छेले भन्नेमै विवाद हुन्छ। त्यसपछि खरिद विवादकै कारण आमसञ्चारमाध्यम रंगिन्छन्। अनि सही गलत छुट्याउनै कठिन हुन्छ। आजसम्मका कुनै पनि शासनकालमा यी कुरा हुँदै आएका छन्। जब सात गाउँ बगिसकेको हुन्छ अनि माझी खोजेर के हुन्छ ?

अहिले लकडाउन छ तर मानिसलाई खान हम्मेहम्मे परेको छ। बाटोमा प्रहरीले हिँड्न दिँदैन। मानिसको घरमा दालचामल छैन। प्रहरीको हातको कुटाइ खाएर पनि खाने व्यवस्था गर्नुपर्‍यो। तराईको केही जिल्लामा सहज छ। त्यहाँ घरघरै पुर्‍याउन सकिन्छ। यति हो किनेको साग तरकारीलाई दुईचार घण्टा बाहिर छाडेर राखी दिएपछि नुनपानीमा डुबाउनुपर्छ वा सावुनको झोलमा पाँच मिनेट चोपलेर निकाले हुन्छ। तर त्यसरी काम गर्दा पनि सावुनले हात पटकपटक धोए ठीक हुन्छ।

यहाँ काठमाडौंबाट धेरै मानिस बाहिर जिल्ला गए पनि अझै बीस पच्चीस लाख मानिस छन्। तिनलाई दैनिक सामान खरिद गर्न बाहिर नगई हँुदैन भने केको लकडाउन ? अहिले सहरतिर कुनाकुनामा चर्को दाममा सामान बिक्री भएको छ। तर देखिने ठाउँमा छैन, कि त कालीमाटी नै पुग्नुपर्‍यो। फेरि मानिसमा कोरोनाको सन्त्रास पनि छ। यो लामखुट्टेजस्तो भगाएर भाग्ने भाइरस होइन। कोरोना अदृष्य मात्र होइन निर्जिव छ, कसैको संसर्गबाट सर्न सक्छ, कसरी सर्‍यो भनेर थाहा पाउन सकिँदैन। पसेपछि मृत्युसम्मको सम्भावना हुन्छ।

एकातिर मानिस पैसा भएर पनि खान पाएका छैनन् भने अर्कोतिर महँगी हदभन्दा बढी नाघेको छ। कोरोनासँग बाँच्न यो बन्दाबन्दीमा जति मानिसको महँगीले गर्दा खर्च बढेर जान्छ तर त्यसअनुपातमा आम्दानी निकै कम हुन्छ। यही अवस्थाको निरन्तरताले भोलि कोरोनाबाट बचे पनि दैनिक छाक टार्न नसक्दा भोकै मर्नुपर्ने अवस्था आउन सक्छ। फेरि पनि आममानिसको पैसा जति तिनै कोरोनाभन्दा पनि डरलाग्दा भाइरसको हातमा संकलित हुनेछ। संसारमा यो परिस्थिति आउला भन्ने कसैलाई थाहा थिएन। मानिस कोरोना आउनुअघि सहज अवस्थामा थिए। कति किसानले भविष्यका निम्ति आम्दानी हुन्छ भनेर खेती लगाएका छन्। झापामा भुइँकटहर विगाहाको विगाहा लगाइएका छन् तर ती सबै सडेर जाँदैछन्। किसान रोइरहेका छन्। चितवनमा सयकडौं विगाहामा लगाइएको तरकारी बिक्री नभएर नष्ट हुँदैछ। किसान सामान सड्ने डरले रोइरहेका छन्। कोरोनाको डरले लकडाउनमा बसेका आम जनता खान नपाएर रोएका छन्। यो तालमेल सरकारी निकायले मिलाउन सके किसान पनि नमर्ने र उपभोक्ताले पनि खान पाउने थिए। यतिखेर सुरक्षित उपाय प्रयोग गरी ती सामग्री ल्याएर, त्यसलाई कोरोनामुत्ताm बनाई घरघरमा बिक्री गर्दा पनि आम जनतालाई लाभ हुनेछ।

अहिलेको अवस्था झनै खस्किँदै गयो भने हामी आर्थिक रूपमा फेरि वर्षौंसम्म उठ्न सक्ने छैनौं। अब त मुलुकका जनताले तत्काल देशबाहिर रोजगारी पाउने अवस्था पनि छैन। त्यो जमातलाई पनि मुलुकभित्र पाल्नु नै पर्‍यो। संसारमा आर्थिक मन्दी आएको बेला सहयोग पाउने अवस्था पनि छैन, अर्थात पाए पनि न्यून मात्रामा पाइएला। तसर्थ कोरोनाबाट देशलाई मुत्ताm बनाउन अहिलेको बेला नाफाघाटा र कमिसन नहेरी यो संकटको घडीमा मुलुकलाई कसरी जोगाउने, आम जनताको स्वास्थ्य कसरी जोगाउने, सरकार स्वयंले मितव्ययी भएर राज्य सञ्चालन कसरी गर्ने भन्नेमै ध्यान केन्द्रित गर्न जरुरी छ। त्यसैगरी प्रतिपक्षले पनि मुलुकको हर संकटलाई लिएर सरकार सञ्चालनको सपना नदेखि आम जनतालाई यतिखेर कुनकुन प्रयासबाट सहयोग गर्न सकिन्छ ध्यानदृष्टि त्यसैमा केन्द्रित हुनुपर्छ। आम नागरिकले पनि कोरोना भाइरसबाट मुलुकलाई मुत्ताm गर्न देखावटी रूपमा यसको पालना नगरी वास्तविक लकडाउनमा बसी आफू, आफ्ना छिमेकी र समाज अनि मुलुकलाई नै सहयोग गर्न जरुरी छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.